कात्तिकमा कर्जाको ब्याजदर बढ्ने, बेसरेट ११ प्रतिशतसम्म पुग्ने

<p>काठमाडौं । कात्तिकमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाउने भएका छन् । बैंकहरुले आधार दर बढाएर कर्जाको पनि ब्याजदर बढाउने तयारी गरेका हुन् । नेपाल बैंकर्स संघ स्रोतका अनुसार आधार दर ०.५ प्रतिशतले बढाएर कर्जाको ब्याजदर पनि बढाउन लागिएको हो । तर, बैंकर्स संघको आधिकारिक निर्णय भने भएको छैन । आज बस्ने संघको बैठकले सो निर्णय [&hellip;]</p>

काठमाडौं । कात्तिकमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाउने भएका छन् । बैंकहरुले आधार दर बढाएर कर्जाको पनि ब्याजदर बढाउने तयारी गरेका हुन् । नेपाल बैंकर्स संघ स्रोतका अनुसार आधार दर ०.५ प्रतिशतले बढाएर कर्जाको ब्याजदर पनि बढाउन लागिएको हो । तर, बैंकर्स संघको आधिकारिक निर्णय भने भएको छैन । आज बस्ने संघको बैठकले सो निर्णय गर्ने स्रोतको भनाइ छ ।

कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर यथावत राखेर कर्जाको ब्याजदर बढाउने तयारी रहेको एक बैंकर्सले बताए । ‘अहिले बैंकहरुको औसत आधार दर ९.५६ प्रतिशत छ, कात्तिकमा ०.५ प्रतिशत बढाउने तयारी छ, त्यसपछि कर्जाको ब्याजदर बढ्छ, निक्षेपको यथावत रहन्छ,’ स्रोतले विकासन्युजसँग भन्यो ।

बैंकहरुले तीन महिनामा आधार दर परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्था छ । सोही व्यवस्था अनुरुप बैंकहरुले आधार दर बढाउन लागेका हुन् । बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने गर्छन् । बैंकहरुको बेसरेट बढेपछि कर्जाको ब्याजदर पनि स्वतः बढ्छ । बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर पनि घट्छ ।

विगत ७ महिनादेखि निक्षेपको ब्याजदर र राखेका बैंकहरुले गत असोजमा बढाएर १२.१३ प्रतिशत माथि पुर्याएका थिए । अहिले बैंकहरुले रेमिट्यान्स खातामा १५ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । असोज महिनामा बैंकहरुले १० प्रतिशत थप गरेर व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव १०.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् ।

अहिले पनि अधिकांश वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा छ । दोहोरो अंकमा आधार दर भएका बैंकबाट ऋण लिँदा लागत बढी लाग्ने गर्छ । अब बैंकहरुको आधार दर ११ प्रतिशतसम्म पुग्ने निश्चित छ ।

हाल बैंकहरुमध्ये सिटिजन्स बैंकको आधारदर सबैभन्दा बढी रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको आधादर सबैभन्दा कम रहेको छ । सिटिजन्स बैंकबाट ऋणीले कर्जा लिँदा सबैभन्दा महँगो लागत लाग्ने गरेको देखिन्छ भने राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा सस्तो पर्ने देखिन्छ ।सिटिजन्स बैंकको आधारदर १०.५५ प्रतिशत रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको अधार दर ७.८६ प्रतिशत छ ।

अहिले पनि उद्योगी व्यवसायीहरु कर्जाको बयाजदर बढी भएको भन्दै बैंकहरुप्रति असन्तुष्ट बनेका छन् । बैंकहरुको गुनासोकै कारण अर्थमन्त्रालयले ब्याजदर सम्बन्धि अध्ययन गर्नका लागि एक समिति गठन गरेको थियो । तर, सो समितिले पनि प्रतिस्पर्धाका आधारमा ब्याजदर निर्धारण गर्नु पर्ने सुझाव दिइसकेको छ ।

कति पुग्ला आधार दर ?

वाणिज्य बैंकहरुको आधार दर ०.५ प्रतिशत बढाउँदा औसत १०.०६ प्रतिशत हुने देखिन्छ । केही बैंकहरुको आधारदर ११ प्रतिशतको हाराहारी हुने देखिन्छ भने अधिकांश बैंकहरुको आधारदर डबल डिजिटमा हुने देखिन्छ ।

सबैभन्दा बढी आधार दर सिटिजन्स बैंकको हुने देखिएको छ भने सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको हुनेछ । यही आधारमा वाणिज्य बैंकको ऋणको ब्याजदर पनि बढ्ने छ ।

Share News