सेयर भर्दा ५ रुपैयाँभन्दा बढी तिर्नु पर्दैन : अध्यक्ष हमाल

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताले सेयर भर्दा ५ रुपैयाँभन्दा बढी तिर्नु नपर्ने बताएका छन् ।  सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । &#8216;हिजो बसेको बोर्डको बैठकले सीआस्वा शुल्क घटाएको छ, लगानीकर्ताले ५ रुपैयाँ मात्रै शुल्क तिर्नुपर्ने छ, सोभन्दा बढी शुल्क लिन पाइँदैेन,&#8217; उनले भने । यसअघि [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताले सेयर भर्दा ५ रुपैयाँभन्दा बढी तिर्नु नपर्ने बताएका छन् ।  सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

‘हिजो बसेको बोर्डको बैठकले सीआस्वा शुल्क घटाएको छ, लगानीकर्ताले ५ रुपैयाँ मात्रै शुल्क तिर्नुपर्ने छ, सोभन्दा बढी शुल्क लिन पाइँदैेन,’ उनले भने ।

यसअघि आईपीओ लगायत विभिन्न सार्वजनिक निष्काशनमा बैंकहरुले अधिकतम १०० रुपैयाँसम्म सीआस्वा शुल्क लिन पाइने व्यवस्था थियो । नयाँ व्यवस्था लागू भएसँगै ५ रुपैयाँमध्ये एक रुपैयाँ सेयर निष्काशनकर्ता अर्थात मर्चेन्ट बैंकर्सलाई, एक रुपैयाँ सिडिएस एण्ड क्लियरिङ्लाई र बाँकी रहेको तीन रुपैयाँ बैंकलाई छुट्याइने छ ।

कार्यक्रममा उनले लामो समयदेखिको प्रयासबाट वित्तीय डेरिभेटिभ मार्केटको संभ्याव्यताका पछि संचालन गरिने बताए । ‘यो डेरिभेटिभ मार्केट सञ्चालन गर्न आफ्नो टिमले बम्बे स्टकमा गएर अध्ययन गरेको हो, यो मार्केटमा एसएमई ल्याइने छ, र यो एसएमई प्लेटफर्म धेरै क्रिटिकल छ,’ उनले भने ।

यसमा नेप्से र बम्बे स्टकको सहकार्य आगामी दिनमा रहने उनको भनाइ छ ।

बजार विकासको लागि धितोपत्र बोर्ड आफ्नो लक्ष्य र उद्देश्य प्राप्त गर्न धेरै सिरियस रहेको बताएका छन् । र सबै सरोकारवालाहरु जिम्मेवारी हुनु पर्ने बताउँदै उनले लगानीकर्ताको गुनासो सम्बोधन गर्न बोर्डले काम गर्दै आएको विश्वास दिलाए ।

त्यस्तै, इक्विटी भेण्चर क्यापिटल सञ्चालन गर्न सेबोनले अनुमति दिएको उनले जानकारी गराए ।

बम्बे स्टक एक्सचेञ्जको सहयोगमा वित्तीय डेरिभेटिभ मार्केट शुरु गर्छौं : सीईओ कार्की

कार्यक्रममा राजस्व सचिव रामेश्वर दंगालले डेरिभेटिभ मार्केट नेपाली पुँजी बजारमा सम्भावना हेरेर मात्रै संचालन गरिने बताए । उनका अनुसार पुँजी बजारमा सम्भावना छ भने छिटोभन्दा डेरिभेटिभ मार्केटलाई सञ्चालन गरिने छ ।

त्यस्तै, कार्यक्रममा राजस्व सचिव रामेश्वर दंगालले डेरिभेटिभ मार्केट नेपाली पुँजी बजारमा सम्भावना हेरेर मात्रै संचालन गरिने बताए । उनका अनुसार पुँजी बजारमा सम्भावना छ भने छिटोभन्दा डेरिभेटिभ मार्केटलाई सञ्चालन गरिने छ ।

नेप्सेका बोर्ड अध्यक्ष चक्र बहादुर बुढाले बजारमा नकारात्मक असर नपर्ने गरी डेरिभेटिभ मार्केट सञ्चालन गरिने बताए । पछिल्लो समय प्रविधिमैत्री र लगानिमैत्री बनाउन काम भइरहेकोले सबै क्षेत्रबाट सहयोग लिएर अघि बढ्नु पर्ने उनको भनाई छ ।

Share News