जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब बढी बीमाशुल्क, दोब्बरको अग्रतामा नेपाल लाइफ

  २०७९ साउन २६ गते १७:५३     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मसान्तसम्म सो बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । सो कम्पनीले ३५ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । जुन अन्य बीमा कम्पनीको तुलनामा करिब दोब्बर नै हो ।

यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब २२ करोड ३२ लाख रुपैयाँ, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड ९६ लाख र चौथोमा राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ४७ करोड ६३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको देखिएको हो ।

सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले २०७९ असार मसान्तसम्ममा १ अर्ब ५८ करोड रूपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको समितिले जनाएको छ ।

कुनको कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.