सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता, स्वाप रेसियो १००ः८०

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज हुने भएका छन् । सो सम्बन्धमा दुई कम्पनीले असार ३० गते बिहान ९ बजे प्रारम्भिक समझदार पत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन् । दुई इन्स्योरेन्सबीच १००ः८० को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो । &#8216;१००ः८० को रेसियोमा सम्झौता भएको हो,&#8217; लुम्बिनी जनरल इन्स्योरेन्स श्रोतले [&hellip;]</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज हुने भएका छन् । सो सम्बन्धमा दुई कम्पनीले असार ३० गते बिहान ९ बजे प्रारम्भिक समझदार पत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन् ।

दुई इन्स्योरेन्सबीच १००ः८० को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो । ‘१००ः८० को रेसियोमा सम्झौता भएको हो,’ लुम्बिनी जनरल इन्स्योरेन्स श्रोतले विकासन्युजसँग भन्यो ।

अर्थात मर्जपछि लुम्बिनी जनरलको १०० कित्ता सेयर हुने सेयरधनीले सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । त्यस्तै, मर्जपछि बन्ने कम्पनीको नाम, सीईओ तथा अध्यक्षको बारेमा भने निर्णय हुने बाँकी रहेको छ ।

हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १००ः८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ ।

उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्सका सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरलका सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यससँगै दुबै कम्पनीको सेयर कारोबार पनि रोक्का भएको छ । नेप्सेले असार ३० गतेदेखि नै दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।

Share News