बैंकहरूले ऋण उठाउन घरमा बाउन्सर पठाउन थाले

  २०७९ असार १८ गते १०:००     अनुसा थापा

असार मसान्त आउन अब धेरै समय बाँकी छैन् । असार सकिन लागेसंगै धेरैको भोक र निद्रा हराएको छ । बैंक, फाइनान्सले कर्जा खाएका ऋणीलाई च्यापेको च्यापै छ । धितो राखेर कर्जा लिनेलाई वित्तिय संस्थाले सञ्चालकले थर्काउने गरेका छन् । असार मसान्तभित्र बाँकी रहेको साहु, व्याज र हर्जाना चुक्ता नगरेको खण्डमा धितो लिलाम गर्दिने, कालोसूचीमा राखिदिने लगायतका धम्की दिएको ऋणीहरु बताउँछन् ।

घरको गेटमा ल्याएर चिठी टाँसिदिने भन्दै थर्काउने उनीहरुको भनाइ छ । कतिपयले घरमा गुण्डा (बाउन्सर) पठाउने चेतावनीसमेत दिएको पाइन्छ । यता, महिनामा किस्ता तिरिरहेका कर्जावाललाई समेत वित्तीय संस्थाले दबाब दिन थालेको छ । धितोको मूल्य ह्वात्तै घटेपछि कर्जामा वित्तीय संस्थाले कडाइ गरेको छ ।

कि कर्जा घटाउनु कि त हामी लिलाम गरिदिन्छौं भनेर बैंक, फाइनान्सले कर्जा लिनेलाई धम्काइरहेका छन् । कि त आफ्नो कर्जा चुक्ता गरेर अर्को बैंकमा नामसारी गर्न उनीहरुले दबाब दिएको पाइन्छ । ९५ प्रतिशत व्यक्तिले आफ्नो जायजेथा बैंक र सहकारीको नाममा राखेर धितो लिएको छ । हिजो धितो राखेर कर्जा दिने बेलामा वित्तिय संस्थाले पाँचदेखि २५ वर्षसम्मको अवधि तोकिदियो । तर, कर्जा लिएको वर्षदिन नबित्दै ऋणीहरुलाई वित्तिय संस्थाले प्याकप्याकी बनाएको छ ।

बारम्बार कर्जा तिर्न वा धितो अन्त सार्न ऋणीलाई बाध्य बनाइएको छ । ऋणीहरु यतिखेर दुविधामा परेका छन् । ऋण तिरौं पैसा छैन । अन्त लैजाऔं कुनै बैंकले कर्जा दिदैन । नयाँ बैंकमा करोडको धितो राखेर ४० लाखमा राखेर कर्जा पास गरेपनि पूरानो बैंकले सार्न दिदैन । पुराना बैंकको दाउ नै धितो पचाउनका निम्ति ऋणीलाई अर्को बैंकमा कर्जा सार्न पनि दिदैनन् । उता कुरा मिलाएर आएपनि यताले भड्काइसकेको हुन्छ । बैंक र सहकारीको योजना करोडको सम्पत्तिलाई ३० लाख दिने । पछि सम्पूर्ण धितो नै लिलाम गरिदिने । कर्जा लिनेलाई सडकमा पुर्याउने । वित्तीय संस्थाका कारण धेरै ऋणीहरु विस्थापित भइसकेका छन् ।

कतिपयलाई त आत्महत्या गर्न बाध्य बनाइएको छ । कर्जा तिर्न नसकेर आफ्नो गाँउघर नै छाडेर भाग्ने पनि उत्तिकै छ । बैंकबाट हरेक जनता पीडित छन् । किन कि उनीहरुले खुलेआम ठगिरहेका छन् । तर, सरकार मुकदर्शक बनेर हेरिरहेको छ । दिँउसै जनता ठग्दा पनि सरकार किन हात बाँधेर बसेको छ ? त्यस्ता ठग संस्थाको दर्ता किन खारेज गर्दैन सरकार ? बैंक र सहकारीले गर्दा कति मानसिक रोगबाट पीडित छन ।

घरमा जहिले पनि झगडा हुन त स्वाभाविकै भइसक्यो । बैंककै कारणले कति दम्पतीको छोडपत्रसमेत भएको घटनाहरु हाम्रो समाजमा छ । हिजो करोडको सम्पत्ति राखेर आधा रकम पनि दिएन । तर, तीन किस्ता नतिर्ने बित्तिकै धितो नै खाइदिदाँ करोडपति पनि रोडपति बनेका छन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले जनता ठग भनेर लाइसेन्स दिएको हो । बैंक र सहकारीको यस्तो चर्तिकलाका कारण जनतामा अहिले चेतनाको विकास भएको छ । एउटाको पैसा अर्कोलाई ऋण दिने अनि घरखेत नै उडाइदिने । बैंकले ऋण दिएको रकम उसको खल्तीको हो । बिचमा बसेर पुलको भूमिका निर्वाह गरे जस्तै देखाएर जथाभावी लुट्न मिल्छ ? बचत गर्ने र ऋण लिने दुवैलाई बैंक र सहकारीले ठगेको छ । बचत गर्नेलाई कम व्याज दिने तर त्यही पैसा मँहगो व्याजमा कर्जा लगानी गर्ने । त्यो पनि सेवाशुल्क र घुस लिएर ।

वित्तिय संस्थाको व्यवहारका कारण पछिल्लो समय रकम जम्मा गर्नेको सख्या ह्वात्तै घटेको छ । हाम्रो पैसा लगानी गरेर अर्कोलाई ठगिरहेको छ भन्ने कुरा जनताले राम्रोसंग बुझेका छन् । तर, कतिपय बैंक र सहकारीले अहिले पनि मँहगो व्याज दिन्छु भनेर जनतालाई प्रलोभन देखाइरहेको पाइन्छ । अब त्यस्ता विज्ञापन बजाएर जनता फसाउने दिन गइसकेका छन् । किन कि जनताहरु आफैपनि वित्तिय संस्थाको विरोधमा उत्रिएका छन् । हिजोको दिनमा विज्ञापन गरेर लुटेपनि आजको अवस्था त्यस्तो छैन । साक्षरता दरमा मुलुक धेरै नै अघि बढिसकेको छ । दिनमा दुई गुणा र रातमा चार गुणा गरेर ठगीधन्दा मौलाउदै गएपछि सञ्चार माध्यमहरु पनि धमाधम कलम चलाउदै छन् ।

विज्ञापन आफ्नो ठाँउमा भएपनि जनताप्रति उनीहरु जिम्मेवार भएका छन् । जसले जनतामा चेतना फैलाइदिएको छ । अझै पनि थप कलम चलाउने हो भने अरु सिधासाधी जनता लुटिनबाट बच्छन् । कतिपय बैंक र सहकारीका कारण करोडौं नेपाली सडकमा ओइरिने दिन आइसकेको छ । उनीहरुको घरबास नै अब सडकमा हुन्छ । यता, वित्तिय संस्थाहरुको पनि भागाभाग हुन धेरै बेर लाग्दैन । यसको जिम्मेवार अब कसले लिन्छ ? न राष्ट्र बैंकले लिन्छन सहकारी विभागले । अर्थ मन्त्रालयले पनि यो विषयमा चासो देखाएको छैन ।

दैनिक दर्जनौं सहकारीहरु बन्द भइरहेका छन् । अहिले बैंकको अवस्था यति नाजुक छ कि खातामा भएको पाँच लाख रुपैंया पनि दिन सक्दैन । यता, सहकारीले त एक लाखको चेक पनि साट्न छोडेको छ । बैंकका सिईओ, अध्यक्ष र उच्च तहका कर्मचारी भेट्न हम्मेहम्मे छ । उनीहरु आफ्नो कार्यकक्षमा हुदैनन् । गार्ड र अन्य कर्मचारी भएपनि जिम्मेवार व्यक्ति भने गायब छन् । आफु कार्यालय नआएपनि बजार प्रतिनिधि खटाएर पैसा उठाउनचाहि छोडेका छैनन् । बुझ्नेले त पैसा राख्दैन । तर, अहिलेको अवस्थाबारे ज्ञान नभएकालाई उनीहरुले मुर्गा बनाइरहेका छन् । तर, अधिकांश बैंक त्यस्ता पनि छैनन्। कतिपयले राम्रो काम पनि गरेका छन् ।

बैंक र सहकारी यसरी धरासायी हुनुको मुख्य कारण विश्वासनियता गुमाउनु हो । बैंकले १५ प्रतिशत र सहकारीले १९ प्रतिशत व्याज दिन्छु भनेपनि जनताले अनदेखा गरे । व्याजको लोभमा परेर साहु नै डुब्ने डर जनतामा अझै पनि छ । जसले गर्दा बैंकसँग कर्जा लगानी गर्ने पैसा छैन । अहिले पनि कर्जा लगानी ठप्प छ । कर्जा लगानी गर्दा सेवाशुल्क, घुस आउँथ्यो र पो मोजमस्ती गरिरहेको थिए । अहिले वित्तिय संस्थाले घरभाडासमेत तिर्न सकेका छैनन् । तीन महिनादेखि भाडा तिर्न नसकेको वित्तिय संस्था पनि छन् । कर्मचारीहरु पनि तलबविहिन बनेका छन् । यस्तो तरलता बढ्दा पनि वित्तिय संस्थाले यो कुरा लुकाउन खोजिरहेको छ । सरकार र जनता दुवैले सुइको पनि नपाउन भनेर उनीहरुले गोपनियता कायम गर्न खोजिरहेका छन् । सरकारी पक्ष वित्तिय संस्थाको अहिलेको अवस्थाबारे अनविज्ञ छ । किन कि उनीहरु अनुगमन गर्न जादैनन् । सरकारलाई नै थाहा नभएको कुरो जनताले के पत्तो पाऊन् ।

न जनताले डकुमेण्ट हेर्ने । जनताले थाहा पाउँछन् भनेर उनीहरू जतिसक्दो आफ्नो कमजोरी ढाक्न खोज्छन् । किराना पसलमा जति पनि व्यापार छैन् वित्तिय संस्थामा । किरानामा फाट्टफुट्ट भएपनि सेवाग्राही त आउँछन् । बिहान आउने अफिस खोल्ने बेलुका बन्द गर्ने हिड्ने । कर्मचारीहरु नै कामविहिन बनिसकेका छन् । डिपोजिट राख्न कोही आउदैनन् । कर्जा दिन पैसा छैन । वित्तिय संस्थाको प्रमुख काम यही त हो । आफ्नो पैसा वित्तिय संस्थामा लगेर राखेको छ भनेर ढुक्क भएर नबसौं । जनता आफै पनि चनाखो हुने बेला भइसकेको छ । भुरादेखि बुढासम्मको खाता खोल्ने भनेर वित्तिय संस्थाले नयाँनयाँ जनता ठग्ने योजना बाहिर ल्याइरहेको छ ।

पछिल्लो समय नेपालमा व्यापार घाटा बढ्दो छ । कोरोनाका कारण व्यापार ठप्प भएको छ । जसको कारण घरजग्गा, सेयर र गाडीको खरिदबिक्री ह्वात्तै घट्यो । दलालहरुको पछि लागेर लगानी गर्दा सबै चुलुम्मै डुबे । यी क्षेत्रमा लगानी गर्ने डुब्ने बित्तिकै वित्तिय संस्था धरासायी हुने अवस्थामा पुगे ।

(उल्लेखित विचार लेखककाे व्यक्तिगत हुन्)

6 comments on "बैंकहरूले ऋण उठाउन घरमा बाउन्सर पठाउन थाले"

  • इन्द्र कान्त चौधरी says:

    काम परेको बेला सबै बुझेर ऋण लिएकी यो पत्रकारले पनि ऋण पचाउने दाउमा छन् कि जस्तो लाग्यो ।

  • राजन कुमार छाराहाङ says:

    इन्द्र कान्त चाैधरी जीहरू कति छन् हाेला ?

  • S. Suraj says:

    Totally imaginary and out of the range article… Columnist has sought; he/she has not even basic knowledge about BFIs and NRB regulations.
    Such article may downsize the height of this news portal too.

  • उर्जेन लामा says:

    महिना नै नपुग्दै फोन दिनमा २/३ पटक फोन गरेर थर्काउने काम बैंकहरुले गरेकै हो। यो लेख बास्तबिकता मा आधारित छ।

  • Sajan kumar shrestha says:

    Mero pani paisa khaayera bhagyo purano baneswor sthit Punya Bhumi Bchat tatha run sahakari le khaita karwahi gardai na na ta darker le na ta sahakari bibhag le.

  • Janata says:

    बैंक तथा वित्तीय संस्थाले भाखा नाघेको कर्जा असूलीको लागि ताकेता गर्ने हो । यदि किस्ता नियमित छ भने कसैले ताकेता गर्दैन र गर्न पनि मिल्दैन । यदि भाखा नाघेमा ताकेता त गर्ने नै भए । कुरा रह्यो थर्काउनेको… धेरै झुलाए पछि आवेशमा आएका अभिब्यक्ति हुन सक्छन्, तर थर्काउन पाइदैन । सभ्य र शिष्ट भाषामा वार्तालाप हुनु पर्दछ ।

    बैंक तथा वित्तीय संस्थाहरु चोर, फटाहा र ठग होइनन् । यदि त्यस्तो हो भने, नेपाल सरकारले नै त्यस्ता संस्थाको इजाजत दिएका छन् । अर्को कुरा, यी व्यवसायिक संस्था हुन् । व्यवसायको सर्वमान्य सिद्धान्त नै सस्तोमा किनेर महँगोमा बेच्ने, आफ्नो खर्च निकाल्ने र संभावित जोखिम व्यहोर्ने ।

    यदि कसैलाई साँच्चै मर्का परेको छ भने सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई नेपालको कानून बमोजिमको निकायमा किटानी जाहेरी गरी कारवाही गर्न गराउन सकिन्छ । नेपाल राष्ट बैंकको वेवसाइटमा गुनासो दर्ता भन्ने ठाउँ छ त्यहाँ पनि गुनासो दर्ता गराई कारवाही गराउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X