काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेयले पेट्रोल र डिजेलको मूल्य अझैं बढ्न सक्ने संकेत गरेका छन् । साेमबार आयल निगमले मन्त्रालयमा आयाेजना गरेकाे पत्रकार सम्लेलनमा आफ्नाे धारणा राख्दै उनले यस्ताे बताएका हुन् ।
यद्यपी ग्यासको मूल्य भने यथावत् रहने उनले बताएका छन् । ‘आयल निगम व्यापारिक संस्थासँगै सरकारको पूर्ण स्वामित्व भएको संस्था हाे, घाटा/नाफा स्वभाविक हो, सधैं यस्तै रहँदैन, ग्यासको मूल्य तत्काल बढाउँदैनौं, तर, पेट्रोल र ग्यासको मूल्य स्वचालित मूल्य प्रणालीमा आधारित भएर निर्धारण हुन्छ,’ उनले भने ।
उनले आइतबार भएकाे उच्च मूल्यवृद्धिले आफुलाई पनि असहज भएको बताए । उनले अब विस्तारै पेट्रोल र डिजेलको खपत कम गर्नु पर्ने धारणा राखे । उनले निगम चल्न नसक्ने अवस्था आएपछि मूल्य बढाउन बाध्य भएको बताए ।
यस्तै, उनले निगमलाई निजिकरण गर्ने सरकारको सोचाई भन्दा बाहिर भएको बताएका छन् ।