हिमालयन बैंकको पनि खुल्यो सेयर कारोबार, कति छ मूल्य ?

  २०७९ जेठ २३ गते १०:५०     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा हिमालयन बैंकको सेयर कारोबार खुला भएको छ । एक वर्षअघिदेखि रोक्का रहेको बैंकको सेयर आज (जेठ २३ गते) देखि फुकुवा भएको हो ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बैंकको आधारभूत सेयरधनीहरु बाहेकका सेयरधनीको कारोबार आजदेखि खुलाइएको जानकारी गराएको छ । यससँगै लगानीकर्ताले बैंकको सेयर खरिद बिक्री गर्न पाउने भएका छन् ।

पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता ३९८.७५ रुपैयाँमा कारोबार भएको थियो ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर प्रकृयामा जानको लागि नेप्सेले २०७८ बैशाख ३१ गतेदेखि नै दुबै बैंकको सेयर कारोबार रोक्का गरिदिएको थियो । तर मर्जर प्रकृया भाँडिएर एक आपसबीच डिमर्ज भएसँगै नेप्सेले राष्ट्र बैंकको पत्र अनुसार हिमालयन बैंकको सेयर कारोबार फुकुवा गरिदिएको हो । उता इन्भेष्टमेन्ट बैंकको भने २०७९ जेठ १६ गतेदेखि नै सेयर कारोबार फुकुवा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.