तलब बढाउनु पर्छ कि पर्दैन ? यस्तो भन्छन् कर्मचारी

  २०७९ जेठ ९ गते १५:११     विकासन्युज

काठमाडौं । सरकार यहि जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने तयारीमा जुटेको छ । अहिले प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिताकता विषयमा छलफल भइरहको छ ।

आगामी आर्थिक वर्षको लागि आउने बजेट कस्तो हुनेछ भन्ने कुरा सर्वाधिक चासोको विषय बनेको छ । बजेटमा आफ्नो दैनिक ड्युटी वापतको पारिश्रमिकको विषय जोडिने निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी, विभिन्न बोर्ड, संस्था र निगम लगायत सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीहरुले बजेटलाई अत्यन्तै चासोपुर्वक हेरिरहेका छन् ।

कर्मचारीको तलब वृद्धि गर्दा थप मुद्रास्फीति बढ्ने र त्यसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने तर्क केहीले गरेका छन । त्यस्तै केहीको तर्क भने अहिलेको महँगीलाई सम्बोधन गर्नेगरी तलब वृद्धि हुनुपर्ने रहेको छ ।

के भन्छन त कर्मचारीहरु ?

बुद्धीसागर लामिछाने, सहसचिव, नेपाल सरकार

१०० प्रतिशत नै बढाउनुपर्छ । १/२ हजार बढाएर कुनै औचित्य छैन् । महंगीको अनुपातमा कर्मचारीको तलबमान कति छ भन्ने कुरा मुख्य हो । त्यसैले बरु सरकारले काम गराउने र नियन्त्रणमा राख्ने गर्नुपर्छ । नेपालका राष्ट्रसेवक कर्मचारीको स्टाटस हेर्दा पनि तलब बढाउनुपर्ने देखिन्छ ।

टोलराज उपाध्याय, उपसचिव, नेपाल सरकार

मुलुकको वर्तमान अर्थतन्त्रको अवस्थालाई हेर्दा अहिले कर्मचारीको तलब बढाउने अवस्था देखिँदैन । सरकारले भर्खरै स्थानीय तहको निर्वाचनमा ठुलो खर्च गरेको छ । कोरोना महामारीको कारण बिग्रेको अर्थतन्त्र तंग्रिने अवस्थामा छ । आगामी आवमा संघीय र प्रदेश तहको निर्वाचन पनि हुने सम्भावना छ ।

सुवासचन्द्र अर्याल, प्रशासकीय अधिकृत, काठमाडौं उपत्यका विकास प्राधिकरण

तलब बढाउनेभन्दा पनि राज्यले कर्मचारीको सुविधा बढाउने नीति लिनुपर्दछ । तलब मात्रै वढाउने कुराले दिर्घकालिन समस्या समाधान गर्दैन । कर्मचारीहरुलाई आवासको सुविधा, शिक्षा र स्वास्थ्य लगायतका सुविधा उपलब्ध गराउने नीति अबलम्बन गर्न जरुरी छ । यसो गर्दा कर्मचारीलाई नगद भुक्तानी कम गर्नुपर्ने अवस्था हुन्छ । कर्मचारीको स्वास्थ्य र शिक्षामा सरकारले सुविधा बढाउनुपर्ने ठाउँमा सरकारले नगद भुक्तानी वृद्धि गर्दा मुद्रास्फीति बढ्ने, मुल्यवृद्धि हुने अवस्था सिर्जना हुन्छ । यसले राज्य र कर्मचारी दुवैलाई फाइदा गर्दैन् ।

दिपेन्द्र केसी नायब सुब्बा नेपाल सरकार

तलब बढाउनुपर्छ । १/२ हजार बढाएर पनि हुँदैन, झण्डै डबल बनाउनु पर्छ । भारतमा कार्यालय सहयोगीको तलब न्यूनतम भारु ४० हजार छ । महंगीको अनुपातमा अनिवार्य तलब बढाउन जरुरी छ । सरकारले अनावश्यक कर्मचारी हटाउने नीति अख्तियार गरेर बरु काम बढाउनु पर्यो । त्यसो गर्दा केही वर्षपछि ठुलो संख्यामा कर्मचारीको पनि कटौती हुने सम्भावना हुन्छ ।

7 comments on "तलब बढाउनु पर्छ कि पर्दैन ? यस्तो भन्छन् कर्मचारी"

  • Janata says:

    कर्मचारीको तलबले परिवारको पालन पोषण गरेर र केही बचत गर्न सक्नेसम्मको तलब हुनु पर्दछ । तर, घुस र कमिसन पूर्ण रुपमा बन्द गर्नु पर्दछ । काममा ढिलासुस्ती गर्नेलाई जागिरबाट निकाल्नु पर्दछ । तर, अहिले पनि सरकारी कर्मचारी भन्दा दोब्बर तेब्बर बढी तलब खाने निजी क्षेत्रको कर्मचारीहरु भन्दा सरकारी कर्मचारीहरु कै आर्थिक हैसियत बलियो र विलासी देखिन्छ । त्यसैले के स्पष्ट हुन्छ भने, सरकारी कर्मचारीहरुले तलब वाहेकको अबैध आम्दानी धेरै छ । यो पूर्ण रुपमा बन्द गर्न सक्नु पर्दछ ।

  • Ranjan Ghimire says:

    तलब ३०% बढाउनु भन्दा ८०% सम्म बढेकाे महंगी नियन्त्रण गर्नुहाेस ।।

  • Dilip says:

    Khasma talab badaune Vanda Pani Tax ko sealing chai badaunu parxa tax joginu vaneko salary badeko Sarah’s ho

  • Jeeban magar says:

    30%होइन 100%वृद्धि गरर्नुपर्छ। काम गरेर आफ्नो परिवार पाल्न गारो हुन्छ भने त्यो काम गरेको के औचित्य रहन्छ।

  • pradeep chaudhary says:

    राज्य को ढुकुटी सब तलब दिएर सिधा्याउनुस अनि देशको बिकाश हुन्छ।

  • Sabin says:

    कित तलब तीस प्रतिशत देखि माथि बढोस नत्र महगी लाई तीस देखि पचास प्रतिशत गटोस । यतान उति नबनाओस ।।

  • prem prasad acharya says:

    महङ्गि काे चपेटा ले भरिपुण भईसक्याे दस काे बीस हुदैजादा के हेरेर बस्नु सबैमा सहकार्य हाेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.