निजी क्षेत्र उठ्न सरकारको साथ चाहिन्छ : चन्द्र ढकाल

  २०७८ चैत २८ गते १४:०५     विकासन्युज

काठमाडौं । भूकम्प र कोरोना महामारीका कारण तहस नहस बनेको निजी क्षेत्रलाई उकास्न सरकारले सहयोग गर्नुपर्ने उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताएका छन् ।

ढकालले महासघंकाे ५६ औं साधारणसभामा बोल्दै निजी क्षेत्रलाई माथि उठाउन सरकारको साथ चाहिएको बताएका हुन् ।

‘कोभिड बेलामा कर्जाको माग पनि बढ्यो, माग बढ्दा आयात बढ्नु स्वभाविक थियो, साढे ६ महिनाको आयात धान्न सक्ने सञ्चिती छ, अहिले पर्यटक बढेकोले विदेशी मुद्रा सञ्चितीमा सपोर्ट गर्छ ,’ उनले भने ।

साथै, उनले नेपालको अर्थतन्त्रमा देखिएको स‌ंकट श्रीलंकाको जस्तो जोखिम अवस्थामा नपुगेको बताउदै सुधार गर्नुपर्ने ठाउँ र उपायहरू पर्याप्त रहेको बताएका छन् ।

‘कालोबादलभित्र चाँदीको घेरा हुन्छ, अहिले सम्भावना खोजौं, समस्याको पहिचान गरेर समाधान गर्नतर्फ लागौं ।’ उनले भने ।

उनले प्रधानमन्त्रीकफ भारत भ्रमण नेपालका निजी क्षेत्रका लागि उपलब्धिमुलक बनेको उनको बुझाइ छ । नेपाली अर्थतन्त्रमा समस्यासँगै समाधानको स्रोतसाधन पनि रहेको बताउँदै पर्यटन विकासमा जोड दिनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.