बजारमा हल्ला चलेजस्तो अर्थतन्त्रमा समस्या छैन : मुख्यसचिव बैरागी

  २०७८ चैत २८ गते १२:५९     विकासन्युज

काठमाडौं । देशको अर्थतन्त्रमा देखिएको पछिल्लो संकट समाधानका लागि निजी क्षेत्रसँग नेपाल सरकार खुला दिलले छलफल गर्न तयार रहेको नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले बताएका छन् ‍ ।

आज काठमाडौंमा जारी नेपाल उद्योग वाणिज्य महासंघको ५६औं साधारणसभामा बोल्दै बजारमा हल्ला चलेजस्तो अर्थतन्त्रमा समस्या नभएको तर, सचेत हुनुपर्ने बताएका हुन् ।

निजी क्षेत्र सरकारको एक महत्त्वपूर्ण साझेदार बताउँदै सरकार र निजी क्षेत्रको उद्देश्य र दीर्घकालीन विकास उद्देश तथा महासंघको भिजन २०३० को उदेश्य एउटै खालको भएको उनले बताए ।

साथै सरकारले तत्काल गर्नुपर्ने पेट्रोलियम पदार्थ आयात गर्न आवश्यकता अनुसार तयारी गरिरहेको र पर्यटन क्षेत्रमा नयाँ ढंगबाट काम गर्नुपर्ने बताएका छन् ।

साथै विदेशी लगानी भित्र्याउन वातावरण सहज कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकारले गृहकार्य गर्नुका साथै अन्य देशसँग प्रतिस्पर्धा गर्न उत्पादनको लागत घटाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताएका छन् ।

उनले जलस्रोतको विकासका लागि सम्भावना खोज्ने काम सरकारले गरिरहेको बताउँदै उर्जामा सहुलियत दिन सकिन्छ कि भन्नेतर्फ सरकारलको ध्यान केन्द्रित भएको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.