‘हामी देशलाई श्रीलंका हुन दिँदनौं, अहिलेको संकट केही महिनाभित्रै टर्छ’

  २०७८ चैत २८ गते १२:३९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यमा देशको पछिल्लो संकट अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५६‌औं साधारणसभामा बोल्दै महासंघका अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रले देशको संकट टार्नको लागि दौडिन खोजे पनि अर्थतन्त्रले थेग्न नसकेको बताएका छन् । आफूहरू देशकै नागरिक भएको नाताले देशको अर्थतन्त्र सुधारमा निजी क्षेत्रको ७७ प्रतिशत लगानी रहेको स्मरण गराउँदै संकट हुन नदिन थप योगदान दिन आफूहरू तयार रहेको बताए ।

उनका अनुसार पछिल्लो दुई वर्ष संकटपूर्ण रहँदा पनि मुल्यवृद्धि नभएको र श्रमिकले खासै दु:ख नपाएको दाबी गरे । उनले अबको एक दशकमा १०० अर्बको अर्थतन्त्र पुर्‍याउने र २२ लाखलाई रोजगारी दिने लक्ष्य रहेको उनले बताए ।

साथै, उनले आज जारी साधारणसभामा बोल्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्,’सिंहदरबार र राष्ट्र बैंकमा हुने छलफल र निर्णयबारे जानकारी हुँदैन, निजी क्षेत्रलाई राजश्वको स्रोतका रुपमा मात्रै हेरियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.