पब्लिक निक्षेप ल्याउने अनुमति दिनुस्, सिरानीमुनीको पैसा हामी ल्याउँछौं : बसन्त लम्साल

<p>काठमाडौं । नेपाल लघुवित्त वित्तीय संघ (एनबीए) का पूर्वअध्यक्ष बसन्तराज लम्सालले लघुवित्तहरुलाई पब्लिक डिपोजिटको अनुमति दिनु पर्ने बताएका छन् । उनले बैंकिङ् च्यानलमा निक्षेप बढाउनका लागि लघुवित्तहरुको भूमिका महत्वपूर्ण भएकाले आफूहरुलाई पनि पब्लिक डिपोजिटको अनुमति दिनुपर्ने बताएका हुन् । ‘हामीलाई गाउँमा भएको पब्लिक डिपोटिज उठाउन अनुमति दिनुहोस्, गाउँका सिरानीमुनी लगायत जहाँ जहाँ छ, त्यो पैसा [&hellip;]</p>

काठमाडौं । नेपाल लघुवित्त वित्तीय संघ (एनबीए) का पूर्वअध्यक्ष बसन्तराज लम्सालले लघुवित्तहरुलाई पब्लिक डिपोजिटको अनुमति दिनु पर्ने बताएका छन् । उनले बैंकिङ् च्यानलमा निक्षेप बढाउनका लागि लघुवित्तहरुको भूमिका महत्वपूर्ण भएकाले आफूहरुलाई पनि पब्लिक डिपोजिटको अनुमति दिनुपर्ने बताएका हुन् ।

‘हामीलाई गाउँमा भएको पब्लिक डिपोटिज उठाउन अनुमति दिनुहोस्, गाउँका सिरानीमुनी लगायत जहाँ जहाँ छ, त्यो पैसा हामी ल्याउन सक्छौं, किनभने हामी प्रत्येक गाउँ गाउँमा पुगिरहेका हुन्छौं, प्रत्येक गाउँका मान्छेसँग हाम्रो पहुँच छ, उनीहरूले थोरै नै जम्मा गरेको भएपनि सबैको गर्दा धेरै रकम हुन्छ,’ पूर्वअध्यक्ष लम्सालले भने ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले सेक्युरिटी र रिफन्डको हिसाबले लघुवित्तहरुलाई पब्लिक निक्षेप ल्याउन नदिएको हो । उनीहरूले फण्डको म्यानेज गर्न सक्दैन, संस्थाको क्षमता नै छैन भन्ने राष्ट्र बैंकलाई परेको उनी बताउँछन् ।

तर अहिले लघुवित्तहरु दुबै हिसाबले सक्षम भइसकेको र नियामक निकायले विभिन्न मापदण्ड बनाएर उक्त अनुमति दिन आवश्यक रहेको विजय लघुवित्त वित्तीय संस्थाको सीईओ समेत रहेका लम्साल बताउँछन् ।

राष्ट्र बैंकले हाल दुई वटा पुराना संस्था (निर्धन उत्थान र छिमेक लघुवित्त) लाई मात्रै पब्लिक डिपोजिट उठाउन अनुमति दिएको छ । त्यो अनुमति सञ्चालनमा आएका अन्य लघुवित्तहरुलाई पनि दिने हो भने बैंकिङ्ग च्यानेलमा निक्षेप बढ्ने र तरलता सहज हुने लघुवित्तका सीईओहरु बताउँछन् ।

सम्बन्धित समाचार

लघुवित्तका सीईओहरु भन्छन् : १५ प्रतिशतको क्यापभन्दा बेस रेटको आधारमा लगानी गर्न पाइयोस्

Share News