गभर्नर अधिकारी निलम्बनमा, कार्यबाहकको जिम्मा ढुङ्गानालाई

<p>काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । सरकारले अधिकारीलाई निलम्बन गर्दै कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको बालुवाटार स्रोतले जनाएको छ । अहिलेको आर्थिक अवस्था डामाडोल हुँदै गएको, राष्ट्र बैंकको गर्भनरका हैसियतमा गर्नुपर्ने कामकारवाहीमा प्रश्न चिह्न खडा भएको भन्दै बिहीबार बसेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । उक्त [&hellip;]</p>

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

सरकारले अधिकारीलाई निलम्बन गर्दै कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको बालुवाटार स्रोतले जनाएको छ ।

अहिलेको आर्थिक अवस्था डामाडोल हुँदै गएको, राष्ट्र बैंकको गर्भनरका हैसियतमा गर्नुपर्ने कामकारवाहीमा प्रश्न चिह्न खडा भएको भन्दै बिहीबार बसेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

उक्त बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति पनि गठन गरेको थियो । शुक्रबार अधिकारीले सरकारले आफूमाथि गरेको निर्णय सम्बन्धी पत्र बुझिसकेका छन् ।

Share News