पवन गोल्याण भन्छन् : बैंकहरूले विदेशबाट सहज ऋण ल्याउन पाउनुपर्छ

  २०७८ चैत १५ गते १९:२१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्याणले बैंकहरुले विदशबाट सहज ऋण ल्याउन पाउनु पर्ने माग गरेका छन् ।

मंगलबार नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परसंघ र अर्थमन्त्रालयको संयुक्त आयोजनामा भएको देशको वर्तमान अवस्था र आगामी बजेट विषयक छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

उनले बैकिङ क्षेत्रले पैसा कमाउने मात्रै नभएर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको बताए ।

सबै मिलेर संकट टार्नुपर्ने भन्दै उनले बैंकले ३८ प्रतिशत उत्पादनशिल क्षेत्रमा कर्जा लगानी र बाँकी ६२ प्रतिशत आयातमा गइरहेको बताए ।

यस्तै, उनले बैंकमा रिजर्भ बैंकबाट ऋण ल्याउन पहल गर्नुपर्ने, सेयर बजारमा विदेशी लगानी आउनुपर्नेमा जोड दिए ।

उनले नेपाल विद्युत प्राधिकरणले पैसा कमाउनका लागि १२ घण्टा उद्योगमा लोडसेडिङ गरेको भन्दै उद्योगलाई सस्तोमा विद्युत् उपलब्ध गराउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.