७ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउन सम्भव देखिएन : अर्थमन्त्री शर्मा

<p>काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा लक्ष्यअनुसारको आर्थिक वृद्धिदर पूरा हुन नसक्ने बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा राखेको थियो । आर्थिक वर्ष सकिन करिब तीन महिना बाँकी हुँदा अर्थमन्त्री शर्माले लक्ष्य अनुसारको आर्थिक वृद्धिदर [&hellip;]</p>

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा लक्ष्यअनुसारको आर्थिक वृद्धिदर पूरा हुन नसक्ने बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।

सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा राखेको थियो । आर्थिक वर्ष सकिन करिब तीन महिना बाँकी हुँदा अर्थमन्त्री शर्माले लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हासिल हुन‍ सम्भव नदेखिएको बताएका हुन् ।

मंगलबार नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परसंघ र अर्थमन्त्रालयको संयुक्त आयोजनामा भएको देशको वर्तमान अवस्था र आगामी बजेट विषयक छलफल कार्यक्रममा उनले अर्थतन्त्रमा देखिएको पछिल्लो समस्याका कारण लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हासिल हुन नसक्ने बताए ।

पछिल्लो समय आयात उच्चदरमा वृद्धि हुँदा शोधनान्तर स्थिति ऋणात्मक बन्न पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव हुँदा थप कर्जा प्रभाह गर्न नसक्ने अवस्था छन् ।

रुस र युक्रेनबीचको युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थलगायत अधिकाँश बस्तुको मूल्य बढेको छ । यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले नेपाली अर्थतन्त्र थप शिथिल हुँदा लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने निष्कर्षमा सरकार पुगेको हो ।

 

Share News