काठमाडौंमा बहुतले पार्किङ बनाउन ४ कम्पनीको प्रस्ताव

<p>काठमाडौं । नगर विकास कोषले बनाउन लागेको बहुतले पार्किङ निर्माणका लागि चार कम्पनीले प्रस्ताव पेश गरेका छन् । कोषले २०७८ माघ ७ गते १५ दिनको समय राखेर बहुतले मेकानिकल पार्किङ बनाउनका लागि प्रस्ताव आह्वान गरेको थियो । तोकिएको समयभित्र विभिन्न ४ कम्पनीले प्रस्ताव पेश गरेको नगर विकास कोष आयोजना विकास महाशाखाका प्रमुख राजेशकुमार भोछिभोयाले बताए [&hellip;]</p>

काठमाडौं । नगर विकास कोषले बनाउन लागेको बहुतले पार्किङ निर्माणका लागि चार कम्पनीले प्रस्ताव पेश गरेका छन् । कोषले २०७८ माघ ७ गते १५ दिनको समय राखेर बहुतले मेकानिकल पार्किङ बनाउनका लागि प्रस्ताव आह्वान गरेको थियो ।

तोकिएको समयभित्र विभिन्न ४ कम्पनीले प्रस्ताव पेश गरेको नगर विकास कोष आयोजना विकास महाशाखाका प्रमुख राजेशकुमार भोछिभोयाले बताए ।

उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी, ललितपुर महानगरपालिकाको वडा नं. ३, ईजी पार्किङ कम्पनीले प्रस्ताव पेश गरेका छन् । प्रस्ताव पेश गर्ने अर्काे पूजा सापकोटा कम्पनीले भने सोल्टिमोड ऐरियामा पार्किङ बनाउने प्रस्ताव गरेको छ ।

उपत्यका भित्र सवारी साधनको चाप र अव्यवस्थित सवारीसाधनको पार्किङलाई व्यवस्थित गर्नको लागि उक्त पार्किङ बनाउने योजना कोषले अगाडि सारेको हो ।

‘पार्किङ निर्माणका लागि लगानी गर्न कोषलाई कुनै समस्या छैन, योजना आयो भने ठाउँ र जग्गा हेरेर काम अगाडि बढ्छ, हाल नगरपालिकाबाट पार्किङको बढी माग आएको छ,’ उनले भने, ‘उपत्यका भित्र जग्गा कम छ, जग्गा कम हुँदा अनुमान गरेभन्दा धेरै कम प्रस्ताव आयो ।’

उनका अनुसार बहुतले मेकानिकल पार्किङ बनाउन धेरै स्थानबाट कुरा आएतापनि प्रस्ताव भने आएको छैन् । पार्किङ निर्माणको लागि प्रस्ताव पेश गरिसकेको कम्पनीरूको केही महिनापछि पार्किङ बनाउने ठाउँको अवलोकन गरी सम्पुर्ण प्रक्रिया पुरा गरी उक्त पार्किङ निर्माणको काम अगाडि बढाउने योजना कोषको रहेको छ ।

समय सकिए पनि प्रस्ताव पेश गर्न सक्ने                                                                          

पार्किङ निर्माणको लागि प्रस्ताव पेश गर्ने समय सकिए पनि प्रस्ताव पेश गर्न सक्ने नगर विकास कोषले जनाएको छ । सबैलाई सूचना नुगेको कारण पार्किङ निर्माणको लागि प्रस्ताव पेश गर्न सक्ने कोषले जनाएको हो ।

कोषका अनुसार बहुतले मेकानिकल पार्किङ निर्माणका लागि थप आजबाट १५ दिनसम्म समय थप्ने योजना बनि रहेको छ । समय थप्ने कि नथ्पन्ने विषयमा निर्णय गर्न बाँकी नै छ । तर, समय सकिए पछि पार्किङ निर्माणको लागि इच्छुक संस्थाले पेश गर्न सक्नेछन् ।

Share News