जीवन बीमा कम्पनीहरुले पनि नगद लाभांश नदिने

  २०७८ पुष २९ गते १३:२६     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका जीवन बीमा कम्पनीहरुले पनि नगद लाभांश वितरण नगर्ने भएका छन् । नियामक निकाय बीमा समितिले नगद लाभांश वितरणमा रोक लगाएसँगै उनीहरुले नगद लाभांश वितरण नगर्ने भएका हुन् ।

नियामक निकाय बीमा समितिले निर्जीवनलाई जस्तै जीवन बीमा कम्पनीलाई पनि रोक लगाएको हो । समितिले कम्पनीलाई थप बलियो बनाउन जीवन बीमा व्यवसाय गर्दै आएका १९ वटै इन्स्योरेन्सलाई उक्त निर्देशन दिएको हो ।

कम्पनीले भविष्यमा जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने, आइपर्नसक्ने थप जोखिम बहन गर्न पुँजीकोषलाई सबल बनाउन सो निर्देशन दिइएको इन्स्योरेन्सका निर्देशक दिनेशकुमार लालले जनाएका छन् । उनका अनुसार जीवन बीमा कम्पनीहरुले अर्को व्यवस्था नभएसम्मको लागि बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि बाहेकको नगद लाभांश वितरण गर्न नपाउने भएका छन् ।

यद्दपि जीवन र निर्जीवन दुबै कम्पनीले बोनस सेयर भने जारी गर्न पाउने छन् ।

सम्बन्धित समाचार

निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश नदिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.