अघि बढ्यो नेप्सेको सीईओ नियुक्ति प्रकृया, पहिलो चरणमा छानिए ५ जना

  २०७८ पुष २३ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नको लागि ५ जना छनोट भएका छन् । नेप्सेको सीईओ छनौट सिफारिस समितिले आवेदन दिएका ११ जना मध्ये ५ जनालाई अन्तरवार्ताको लागि छनोट गरेको हो ।

उक्त पदको लागि निरन्जन फुयाल र प्रविण पन्दाक, डा जिवन अम्गाइ, डा केशव श्रेष्ठ डा रमेशकुमार भण्डारी, बद्रिप्रसाद प्याकुरेल, कृष्णबहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरे गरि कूल ११ जनालले आवेदन दिएका थिए ।

जसमा पाल्पाका कृष्णबहादुर कार्की, ललितपुरका डा. केशवप्रसाद श्रेष्ठ, झापाका प्रवित पन्दाक र रमेश घिमिरे छन् भने नवलपरासीका डा. रमेशकुमार भण्डारी पहिलो चरणमा छानिएका हुन् । समितिले उनीहरुको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राथमिकताका आधारमा छनोट गरेको जनाएको छ ।

साथै, छनोट भएका उम्मेदवारहरुको आगामी पुस २५ गते अन्तरवार्ता हुँदै छ । उनीहरुले व्यवासायिक कार्ययोजनाको बारेमा पुस २५ गते बिहान ७ः३९ देखि १० बजेसम्म र सोही दिन बेलुकी ४ः३० बजेदेखि ५ः३० बजे अर्थमन्त्रालयको सुवर्ण हलमा प्रस्तुतीकरण तथा अन्तरवार्ता दिनुपर्ने समितिले जनाएको छ ।

त्यसपछि पहिलो चरणमा छानिएका ५ जनामध्येबाट तीन जनाको नाम सिफारिस गरिने र ती तीनमध्येबाट मन्त्रिपरिषद्को बैठकले १ जनालाई सीईओमा नियुक्ति गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.