सेञ्चुरी बैंकले घोषणा गर्यो गत वर्षको लाभांश

<p>काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट ७.५० लाभांश वितरण गरेको थियो ।

प्रस्तावित ६.०५ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

Share News