पोखरा फाइनान्सले बढायो लाभांशदर, चुक्ता पुँजी एक अर्ब नाघ्ने

  २०७८ पुष २ गते १२:०५     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सले लाभांशदर बढाएर घोषणा गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको लाभांशदर बढाएको हो ।

संस्थाले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ८.०७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ९६ करोड ३१ लाख रुपैयाँ छ । प्रस्तावित बोनसपछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

संस्थाले अघिल्लो आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.