कुमारी बैंकले डाक्यो वार्षिक साधारणसभा, कार्त्तिक ८ गते बुक क्लोज

<p>काठमाडौं । कुमारी बैंकले आगामी कार्त्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो २१औं वार्षिक साधारणसभा सो दिन बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा बाेलाएकाे हाे । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक ८ गते एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै कार्त्तिक ७ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले आगामी कार्त्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो २१औं वार्षिक साधारणसभा सो दिन बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा बाेलाएकाे हाे ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक ८ गते एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै कार्त्तिक ७ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउने छन् ।

उक्त सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दैछ । बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद(कर प्रयोजनसहित) गरी ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सम्बन्धित समाचार

कुमारी बैंकले घोषणा गर्यो ८.६७ प्रतिशत लाभांश

Share News