विदेशीका लागि १८ महिनापछि खुल्यो नेपाल, अब विमानस्थलबाटै अनअराइभल भिसा

  २०७८ असोज ७ गते १५:३१     विकासन्युज

काठमाडौं । सरकारले नेपालमा घुमफिर गर्न आउन चाहने विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै भिसा पाउने व्यवस्था गरेको हो ।

मन्त्रिरिषद्को निर्णयका आधारमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ जारी गरेको छ ।

उक्त आदेश अनुसार अब नेपाल आउन चाहने विदेशी नागरिकले अध्यागमन प्रवेश विन्दुमा भिसाको लागि आवेदन दिन पाउने भएका छन् । नेपालमा कोरोना महामारी सुरु भएसगैँ सरकारले सम्बन्धीत देशमा रहेको दुतावासबाट भिसा लगाउदैँ आएका थिए ।

सरकारको निर्णय सगैँ अब विमानस्थलबाटै अनअराइभल भिसा पाउनेछन् । सरकारले नेपाल प्रवेशका लागि केही प्रावधान भने तोकेको छ । जसअनुसार नेपाल आउन विदेशीले कोभिड खोप लगाएको १४ दिन पूरा गरेको हुनुपर्नेछ भने हवाइ उडानको चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड १९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ ।

यस्तै, पर्वतारोहण तथा पदयात्राका लागि अनुमति लिएको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण पेश गरे अनअराइभल भिसा पाउँनेछन् भने नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश विन्दुमा एन्टीजेन परीक्षण गर्नु पर्नेहुन्छ ।

सरकारले ०७६ को फागुन अन्तिम सातादेखि नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई अनअराइभल भिसा दिन बन्द गरेको थियो । पर्यटन व्यवसायीको आग्रहपछि सरकारले १८ महिनापछि विदेशी पर्यटकलाई नेपाल प्रवेशको अनुमति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.