मर्जरमा जान लागेको घोडीघोडा लघुवित्तले बोलायो पहिलो साधारणसभा, स्वाप रेसियो कति ?

  २०७८ भदौ २८ गते १३:०८     विकासन्युज

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले आगामी असोज १६ गते पहिलो वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजे कैलालीको होटल रुबसमा उक्त सभा आव्हान गरेको हो ।

सभाले घोडीघोडा लघुवित्त वित्तीय संस्था र यूनिक नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जमा जाने प्रस्तावलाई पारित गर्दै छ ।

उक्त मर्जर प्रयोजनको लागि घोडीघोडा लघुवित्त र यूनिक नेपाल लघुवित्तको स्वाप रेसियो १ बराबर ०.५० तोकिएको छ । यससँगै सभाले पारित गरेपश्चात घोडीघोडा लघुवित्तको १०० कित्ता सेयर हुनेले यूनिक नेपालको ५० कित्ता सेयर पाउने छन् ।

संस्थाले मर्जर सम्बन्धमा नेपाल राष्ट बैंकबाट २०७८ भदौ १५ गते प्रारम्भिक सैद्धान्तिक सहमति पाइसकेको छ ।

मर्जर सम्बन्धमा २०७७ कार्त्तिक २१ गते दुई संस्थाबीच प्रारम्भिक समझदारी भएको थियो । त्यससँगै कार्त्तिक २३ गतेदेखि नै संस्थाको सेयर कारोबार रोक्का रहेको छ ।

यससँगै उक्त मर्जर प्रकृया सम्पन्न नभएसम्म संस्थाको सेयर कारोबार रोक्का हुने छ ।

थप सामाग्री: नेप्सेमा ३४ कम्पनीको सेयर कारोबार रोक्का, १४८ वटालाई हटाइयो सूचीकरणबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.