सरकारले बनाउने पूर्वाधारमा ९० प्रतिशत एसियन कंक्रिटो प्रयोग

  २०७८ भदौ १६ गते १६:४२     विकासन्युज

काठमाडौं । सरकारले बनाउने पूर्वाधारमा ९० प्रतिशतसम्म एसियन कंक्रिटोले उत्पादन गरेको निर्माण सामग्री प्रयोग हुन थालेको छ ।
नेपाल नापतौल तथा गुणस्तर विभागबाट नेपाल गुणस्तर चिन्ह (एनएस) पाएपछि सो उद्योगले उत्पादन गरेको निर्माण सामग्रीको प्रयोग बढ्न थालेकोे हो ।

सरकारले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको प्रडक्टमात्रै प्रयोग गरेमा सरकारको अर्बाे रुपैयाँ वार्षिक मर्मत सम्भारबापत खर्च हुने रकम जोगिने एसियन कंक्रिटोका उपाध्यक्ष श्यामल झाले जानकारी दिए । उनका अनुसार विगतका दिनमा नेपालमा यस्ता गुणस्तरीय प्रडक्ट बनेका थिएनन् भने उद्योग पनि लागिसकेका थिएनन् ।

‘गुणस्तरयुक्त सामग्री नहुँदा सरकारले बाध्य भएर सरकारले गुणस्तरहीन प्रडक्ट प्रयोग गरिरहेको थियो । अब नेपालमै सरकारद्धारा बनाईएको मापदण्ड पालना गरेर गुणस्तरीय कर्बस्टोन तथा इन्टरकल ब्लक बन्न थालिससकेका छन्, सरकारले पूर्वाधारमा एनएस प्राप्त उत्पादन लगाउनका लागि योजना अघि सार्नुपछर्’, उनले भने ।

उद्योगले उत्पादन गरेका कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग गरिन्छ भने इन्टरलक ब्लक फूटफाथदेखि शहरी क्षेत्रका भित्रि सडक बनाउन पनि प्रयोग हुँदै आएको छ । विश्वका कयौं मुलुकमा भित्री तथा शहरका मुख्य सडक नै इन्टरलक ब्लकबाट बनाईएका छन्, नेपालमा पनि यस्ता खाले गुणस्तरीय इन्टरलक ब्लकबाट भित्री तथा शहरी सडक बनाउँदा टिकाउ, दिगोपना, वातावरणमैत्री र मर्मतसम्भारमा लाग्ने खर्च समेत जोगाउन सकिने झाको भनाई छ ।

सरकारले विश्व बैंकको सहयोगमा चोभारमा निर्माण गरिसकेको सुक्खाबन्दरगाहमा एसियन कंक्रिटोले उत्पादन गरेको इन्टरलक ब्लक प्रयोग भइसकेको छ ।

चोभार सुक्खा बन्दरग्राह बनाउन थालिसक्दा नेपालमा यससँग सम्बन्धित न मापदण्ड नै थियो, न त उद्योग । विश्व बैंकका परामर्शदाताहरुले यस्ता किसिमका पूर्वाधारका लागि विश्वमा प्रचलित मापदण्ड अनुसार स्पेसिफिकेसन बनाएको देखिएको उनको भनाई छ ।

गत बैशाखमा सो कम्पनीले गुणस्तर विभागबाट एनएस पाएसगैँ ३० भन्दा बढी प्रकारका निर्माण सामग्री उत्पादन गर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.