२०७८ भदौ १६ गते ११:३१ विकासन्युज
काठमाडौं । एसियन कंक्रिटोले नेपाली मापदण्ड अनुसार निर्माणजन्य सामग्रीको उत्पादन सुरु गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर (एनएस) पाएसगैँ मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन सुरु गरेको उद्योगले जनाएको हाे ।
जर्मनीबाट मेसिनसहित प्रविधि ल्याएर बनाइएका सामग्री अन्य उद्योगको भन्दा कयौं गुणा बलियो र टिकाउ हुने उद्योगका अध्यक्ष मनीष रुङ्गटा बताउँछन् ।
उनका अनुसार सन् २०१७ मा स्थापना भएको उद्योगले सन् २०१८ देखि अन्तर्राष्ट्रिय स्तरका कंक्रिटका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।
नवलपरासीको रामग्राम नगरपालिकाको हाक्यू क्षेत्रमा रहेको सो उद्योग करिब सात बिघा क्षेत्रफलमा स्थापना गरिएको छ । कम्पनीले कंक्रिटका इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट ट्रायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, स्ल्याब, ड्रेनलगायतका ३० प्रकारका निर्माण सामग्री उत्पादन गर्दै आएको बताइएको छ ।
उक्त उद्योगमा मनिष रंगैता, गौरव अग्रवाल, राजेश अग्रवाल, अनिल जाटिया र मनोज केडियाको मुख्य लगानी रहेको छ । पाँचजना व्यवसायीले करिब डेढ अर्ब लगानीमा अत्याधुनिक कंक्रिट उद्योगको प्लान्ट सञ्चालनमा ल्याएका हुन ।
यसअघि युरोपेली र भारतीय मापदण्ड अनुसार मात्र निर्माणजन्य सामाग्री उत्पादन गर्दै आएको कम्पनीले अब नेपाली मापदण्डमा समेत निर्माण गर्न सुरु गरेको बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.