‘मौद्रिक नीति शुक्रबार आउँछ, अर्थमन्त्रालयले रोक्यो भन्ने हल्ला गलत’

  २०७८ साउन १८ गते १५:४५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति छिटोमा शुक्रबारसम्म आउने बताएका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटीको ज्ञापन पत्र बुझ्दै उनले मौद्रिक नीति छिटोमा शुक्रबार र ढिलोमा आइतबार आउने बताएका हुन् ।

‘अहिले मौद्रिक नीति सार्वजनिक गर्न ढिलो भयो भनेर धेरैले प्रश्न उठाइरहेका छन्, मौद्रिक नीति ल्याउनका लागि धेरै विषयहरु हेर्नु पर्ने हुन्छ, सरकार पनि परिवर्तन भएको र सरकारले बजेट नै संशोधन गर्ने तयारी भइरहेको हुँदा बजेटमा भएको व्यवस्था अनुसार नै मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ, त्यसैले ढिलो भएको हो,’ उनले भने ।

बजेट संशोधन र आकारमा परिवर्तन हुने विषय हामीलाई प्राप्त भएकोले मुद्रा सप्लाईकै लागि मौद्रिक नीति आवश्यक हुने भएकोले पछि कार्यान्वयन गर्नमा समस्या हुनु भन्दा अहिले नै केही ढिलो सार्वजनिक गर्दा फरक नपर्ने भएकोले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएको उनको भनाई छ ।

यस्तै, उनले मौद्रिक नीति अर्थमन्त्रालयले नरोकेको पनि प्रष्ट पारे । अहिले मौद्रिक नीति अर्थमन्त्रालयको दवावमा रोकेको भन्ने हल्ला छ, जुन गलत प्रचार हो, बरु हामीले आपसी समझदारीमा रोकेका हौं, अब छिटोमा शुक्रबार र ढिलोमा आयतबारसम्म मौद्रिक नीति आउँछ,’ उनले भने । उनले मौद्रिक नीति सबैलाई राहत पुग्ने खालको आउने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.