हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

  २०७८ साउन १४ गते १५:०४     विकासन्युज

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको हो ।

हाल नेपाल स्टक एक्स्चेञ्जले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको छ । दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै नेपाल स्टक एक्स्चेञ्जले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार बैशाख ३१ गतेदेखि रोक्का गरिदिएको थियो ।

नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति ((एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम आज गत बैशाख ३१ गतेबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरेको विज्ञप्ति मार्फत जनाएको थियो ।

असोजमा एकिकृत कारोबार भएपछि मात्रै बैंकको सेयर कारोबार फुकुवा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.