एचआईडीसीएलले ११ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने

  २०७८ जेठ ९ गते १८:३४     विकासन्युज

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले ११ अर्ब रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले सो मात्रा अर्थात शतप्रतिशत हकप्रद जारी गर्ने भएको हो ।

बोर्डले जेठ ९ गते मात्रै संस्थालाई सो मात्राको हकप्रद जारी अनुमति दिएको हो । यससँगै कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले अब केही समयमै सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईमई क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर जारी गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयरपछि कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.