हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

  २०७८ वैशाख ३१ गते १२:५१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सले बैशाख ३१ गतेदेखि मर्जर प्रकृयामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिदिएको हो ।

यी दुई बैंक एक आपसमा गाभिनको लागि हिजो अर्थात बैशाख ३० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससँगै उक्त मर्जर प्रकृया नसकिएसम्म दुबै बैंकको सेयर कारोबार रोक्का हुने छ ।

मर्जर पछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.’ हुने छ । त्यस्तै, संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ ।

त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयाँ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । र, सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।

सम्बन्धित समाचार

हिमालयन र इन्भेष्टमेन्टबीच मर्जर सम्झौता, २७ अर्ब पुँजीसहित सबैभन्दा ठूलाे बैंक बन्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.