८ वर्षपछि पुरानै ब्राण्डमा फर्किदै गुण एयरलाइन्स, मन्त्रालयबाट पायो ५ जहाज उडानको अनुमति

  २०७८ वैशाख १७ गते १५:१८     विकासन्युज

काठमाडौं । ८ वर्षअघि बन्द भएको गुण एयरलाइनस पुरानै ब्राण्डमा फर्कने तयारी गरेको छ । तत्कालीन समयमा पुरानो ब्राण्ड छोडेर सिम्रिक एयर भएको गुण बन्द भएको ८ वर्षपछि पुरानै ब्राण्डमा फर्किएको हो ।

सन् २०१३ मा व्यवसायिक उडान बन्द भएको गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले हाल सञ्चालनमा रहेको सिम्रिक एयरलाइन्सको नाम परिवर्तन गरी गुण एयरलाइन्सबाटै उडान भर्ने तयारी गरेका हुन् ।

नाम परिवर्तनका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणबाट अनुमति पाएको एयरलाइन्सले जहाज थपको अनुमति समेत पाएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट ५ जहाज थपको अनुमति पाएको हो ।

गुणको निवेदनको आधारमा बुधबार मन्त्रीस्तरीय निर्णयबाट जेटस्ट्रिम जहाज उडानको अनुमति पाएको हो ।

यतीबाट ५ हजार खरिद

निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरलाइन्ससँग भएको ५ थान जेट इञ्जिन विमान खरिद गरी ब्राण्ड नामसमेत परिवर्तन गरी सञ्चालनको तयारी गरेको हो ।

यती एयरलाइन्सले सन् १९९८ मा खरिद गरेको ५ थान विमान केही समयअघि मात्र गुण एयरलाईन्सले खरिद गरेको थियो । यतीसँग किनेको ५ थान जहाज गरी सिम्रिकसँग ७ थान विमान हुनेछन् ।

गुण एयरलाईन्सले यसअघि राखिएको सिम्रिक एयरलाइन्सले नाम परिवर्तन गरी गुण एयरलाइन्स बनाएर विभिन्न गन्तव्य सहित माउण्टेन फ्लाइटको उडान गर्ने तयारी गरेको छ ।

सिम्रिक एयरले यसअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई आधार बनाएर काठमाडौंबाट पोखरा, भरतपुर, भैरहवा तथा पर्वतीय उडान गरिरहेको थियो । जहाज थपको अनुमति पाएसगैँ कम्पनीले सिमरा, जनकपुर, भद्रपुर, विराटनगर, नेपालगन्ज र तुम्लिङटार लगायतका गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ ।

तत्कालीन समयमा घर जग्गा व्यवसायमा मन्दी आएपछि सुधीर बस्नेतले सञ्चालन गरेको अग्नी एयरलाइन्स र राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स खरिद गरेर रामेश्वर थापाले सिम्रिक एयरलाइन्स स्थापना गरी सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.