नबिल बैंकले रोज्यो यूनाइटेड फाइनान्सलाई, प्राप्तिका लागि भयो सम्झौता

  २०७८ वैशाख १७ गते १५:२३     विकासन्युज

काठमाडाैं । नबिल बैंक लिमिटेडले यूनाइटेड फाइनान्सलाई रोजेको छ । बैंक र यूनाइटेड फाइनान्सबीच प्राप्तिका लागि सम्झौता पनि भइसकेको छ । आज बैंक र फाइनान्सबीच प्राप्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

नबिल बैंकको तर्फबाट मर्जर/प्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर/प्राप्ति कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

यूनाइटेड फाइनान्स प्राप्तिपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत र सबै संचालक अहिलेकै कायम रहने समेत समझदारी बनेको छ ।
नबिल बैंक र युनाइटेडबीच केही समय अगाडिदेखि मर्जर/प्राप्तिको विषय चल्दै आएको थियो । तर, नबिलले युनाइटेडसँग यसबारे कुनै छलफल नभएको बताउँदै आएको थियो ।

नबिल बैंकका केही प्रमोटर युनाइटेड फाइनान्सको प्रमोटर पनि छन् । यी दुई संस्थाबीच क्रस होल्डिङ देखिएकोले एक्वीजीसनको अनुमान गरिएको थियो ।

यी दुई संस्थाबीच मर्जरको लागि सम्झौता भएसँगै नबिल बैंकले यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको दरले प्राप्ति गर्ने समझदारी बनेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.