साढे ३ महिनापछि नेप्सेले फुकुवा गरिदियो बिशाल बजारको सेयर कारोबार

  २०७८ वैशाख ८ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले साढे ३ महिना अवधिपश्चात बिशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । गत २०७७ माघ १८ गतेदेखि रोक्का भएको कम्पनीको सेयर कारोबार अब २०७८ बैशाख ९ गतेदेखि फुकुवा हुने भएको हो ।

कम्पनीले भने बमोजिमको वित्तीय विवरणहरु पेश निर्देशन दिँदा पनि कम्पनीले पेश नगरेकोले नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको थियो । त्यसपश्चात कम्पनीले २०७७ बैशाख ३ गते आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु पेश गरेकोले नेप्सेले कारोबार फुकुवा गरिदिने निर्णय गरेको हो ।

साथै, उक्त लेखापरीक्षण प्रतिवेदन प्राप्त भई सञ्चालक समितिको निर्णय भएपश्चात यथाशिघ्र साधारणसभा सम्पन्न गर्ने कम्पनीको प्रतिवद्धता रहेको छ ।

बैशाख ८ गतेको नेप्सेको निर्णयअनुसार कम्पनीको भोलि अर्थात बैशाख ९ गतेदेखि सेयर कारोबार शुरु हुने छ ।

पछिल्लो समय कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २ हजार ८८० रुपैयाँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.