एनआईसी एशिया लघुवित्तको सेयर आजदेखि किनबेच गर्न पाइने

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्तको आज अर्थात चैत १८ गतेदेखि सेयर कारोबार खुला भएको छ । यससँगै लगानीकर्ताले आजदेखि उक्त कम्पनीको सेयर किनबेच गर्न पाउने भएका छन् । मर्जर प्रयोजनको लागि रोक्का रहेको संस्थाको सेयर कारोबार नेप्सेले आजदेखि फुकुवा गरिदिएको हो । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने प्रयोजनको [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्तको आज अर्थात चैत १८ गतेदेखि सेयर कारोबार खुला भएको छ । यससँगै लगानीकर्ताले आजदेखि उक्त कम्पनीको सेयर किनबेच गर्न पाउने भएका छन् ।

मर्जर प्रयोजनको लागि रोक्का रहेको संस्थाको सेयर कारोबार नेप्सेले आजदेखि फुकुवा गरिदिएको हो ।

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने प्रयोजनको लागि सेयर कारोबार रोक्का भएको थियो ।

यससँगै संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७६५.१२ रुपैयाँमा हुने नेप्सेले जनाएको छ । दोश्रो बजारमा संस्थाको एनआइसीएलबीएसएल को नामबाट सेयर कारोबार हुने छ ।

सम्बन्धित समाचार

एनआईसी एशिया लघुवित्तको सेयर कारोबार भोलिदेखि खुला, कतिमा हुन्छ पहिलो कारोबार ?

Share News