काठमाडौं । एनआईसी एशिया लघुवित्तको भोलि अर्थात चैत १८ गतेदेखि सेयर कारोबार खुला हुने भएको छ । मर्जर प्रयोजनको लागि रोक्का रहेको संस्थाको सेयर कारोबार भोलिदेखि खुला हुने भएको हो ।
संस्थाको आज मात्रै (अर्थात चैत १७ गते) मात्रै कूल २५ लाख ९४ हजार ४०० कित्ता सेयर सूचीकृत भएको हो । यससँगै कम्पनीको सेयर कारोबार फुकुवा भएको नेप्सेले जनाएको छ ।
एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने प्रयोजनको लागि सेयर कारोबार रोक्का भएको थियो ।
आज सूचीकृत भएको २५ लाख ९४ हजार ४०० कित्ता सेयरसहित यसभन्दा अघि सूचीकृत एक करोड ४८ लाख कित्ता समेत गरी संस्थाको कूल एक करोड ७३ लाख ९४ हजार ४०० कित्ता सेयर हुने छ ।
यससँगै संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७६५.१२ रुपैयाँमा हुने नेप्सेले जनाएको छ । दाेश्राे बजारमा संस्थाकाे एनआइसीएलबीएसएल काे नामबाट सेयर काराेबार हुने छ ।
यसअघि एनआईसी एशिया लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता ७५९ रुपैयाँमा र स्वदेशी लघुवित्तको प्रतिकित्ता ८०० रुपैयाँमा भएको थियो ।
सम्बन्धित समाचार