एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार आजबाट शुरू, कर्जा लगानी १५ अर्ब नाघ्ने

<p>एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच आज(चैत ८ गते)देखि एकीकृत कारोबार शुरु भएको छ । दुई संस्थााबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी कार्य गरे पश्चात एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु भएको हो । गत साउन ३२ गते यी दुई संस्था बिच गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट [&hellip;]</p>

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच आज(चैत ८ गते)देखि एकीकृत कारोबार शुरु भएको छ । दुई संस्थााबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी कार्य गरे पश्चात एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।

गत साउन ३२ गते यी दुई संस्था बिच गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भएको थियो । पुस १० गते गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तिम सम्झौता भएकाे थियाे ।

उक्त सम्झौता अनुसार गाभ्ने/गाभिने (मर्जर) गर्नेका लागि दुबै संस्थाको पुस ४ गते सम्पन्न दुबै संस्थाको वार्षिक साधारणसभाले स्वीकृत गरी नेपाल राष्ट्र बैंकबाट गाभ्ने तथा गाभिने (मर्जर) का लागि गत फागुन २९ गते अन्तिम स्वीकृति पाएका थिए । त्यस्तै, कम्पनी राजिष्ट्रारको कार्यालयले फागुन २५ गते स्वीकृति दिएसँगै दुई संस्थाको एकीकृत कारोबारको मिति तय गरिएको हो ।

उक्त एकीकृत कारोबारको शुभारम्भ एनआईसी एशिया लघुवित्तको अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तका अध्यक्ष लालमणी जोेशीले संयुक्त रुपमा गरेका हुन् ।

एनआईसी एशिया लघुवित्तको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १५० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् ।

मर्जर पश्चात कुल शाखा संख्या २२३ शाखा कार्यालयबाट १३५ हजार भन्दा बढी सदस्यहरुलाई संस्थाले उत्कृष्ट लघुवित्तीय सेवा प्रदान गर्नेछ । मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख रुपैयाँ पुग्नेछ भने संस्थाको कर्जा लगानी १५ अर्ब रुपैयाँभन्दा माथि पुग्नेछ । भविष्यमा उत्कृष्ट लघुवित्त बन्ने लक्ष्य साथ अगाडी बढेको यस संस्था यो मर्जर पश्चात अझ बलियो र सबल भई उक्त लक्ष्य हासिल गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् ‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एशिया लघुवित्तको नामबाट देशकै सबैभन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।

त्यस्तै, एनआईसी एशिया लघुवित्तले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लामा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ ।

त्यसपछि दुबै संस्थाको वार्षिक साधारणसभाले स्वीकृत गरी नेपाल राष्ट्र बैंकबाट गाभ्ने तथा गाभिने (मर्जर) का लागि गत फागुन २९ गते अन्तिम स्वीकृति पाएका थिए । त्यस्तै, कम्पनी राजिष्ट्रारको कार्यालयले फागुन २५ गते स्वीकृति दिएसँगै दुई संस्थाको एकीकृत कारोबारको मिति तय गरिएको हो ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाले विगत ७ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ भने एनआईसी एशिया लघुवित्तले विगत ३ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।

यसअघि एनआईसी एशिया लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता ७५९ रुपैयाँमा र स्वदेशी लघुवित्तको प्रतिकित्ता ८०० रुपैयाँमा भएको थियो ।

Share News