डिएफएसके ग्लोरी आई–अटो सार्वजनिक, यस्ता छन् गाडीका विशेषता

  २०७७ चैत ११ गते १४:१९     विकासन्युज

काठमाडौं । डिएफएसकेको अधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई–अटो नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले सो गाडी बुधबार सार्वजनिक गरेको हो ।

यसअघि ग्लोरी सिरिजका ५ सय ६० र ५ सय ८० एसयूभी विक्री गर्दै आएको कम्पनीले अब नयाँ मोडल आई–अटो थप भएको छ । आई–अटोलेएक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ ।

ग्लोरी आई–अटोले ७ सिटर इन्टेलिजेन्ट एसयूभीको उपमा पाएको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभिहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ । डिएफएसकेको एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् ।

इन्टेलिजेन्ट एसयूभी ग्लारी आई–अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालका कार्य गराउन सकिन्छ । यसको प्रयोगले मुख्य फोन कल एसेस सिस्टम, मिडिया कामण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ । यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन ।

फोन गाडीसँग कनेक्ट भएपछि सजिलै भ्वाइस कमान्डबाटै डायल गर्ने, फोन उठाउने,फौन कल हिस्ट्री हेर्ने आदि काम गर्न सकिन्छ । मिडिया कमान्डबाट म्युजिक चलाउन र बन्द गर्न, साउन्ड बढाउन वा घटाउने काम बोलेरै गर्न सकिन्छ । यसमा रहेको कार कन्ट्रोल कमान्डबाट सजिल्लै क्लाइमेट कन्ट्रोल चलाउने, अगाडि पछाडिको विण्डो ग्लास खोल्ने बन्द गर्न, सनरुफ खोले बन्द गर्ने, आदि कार्यहरु गाडी चलाउँदा चलाउँदौ बोलेर गर्न सकिन्छ ।

त्यस्तै गाडी चलाइरहेको अवस्थामा जीपिएस खोल्न र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाईफाई खोल्ने र बन्द गर्न पनि आवज दिए पुग्छ । यी र १ सय भन्दा बढी भ्वाइस कमाण्ड दिन सकिने छ । नेपाली बाटेको लागि उपयुक्त १८ इन्चको अलोय हवील रहेको एसयुभीमा अगाडि र पछाडि दुबैतर्फ एलइडी लाइटको प्रयोग गरिएको छ । दुईवटा एग्जस्ट पाईप, पानारोमिक सनरुफ तथा रुफ रेले ग्लेरी आई–अटोलाई स्पोर्टी बनाएको छ ।

यस एस यूभिमा खुट्टाले नै खोल्न मिल्ने टेन गेट रहेको छ । जसले गर्दा दुवै हातमा सामान लिएर गाडीको बुटमा राख्दा सहज हुन्छ । किलेस इन्ट्री, गाडीको स्र्टाट बन्दा गरेपछि आफै फोल्ड हुने ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर आई–अटोमा उपलब्ध छ ।

ग्लोवले एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएपको यो एसयुभीमा सुरक्षाका लागि अगाडि ४ ओटा एयरव्याग, चारै चक्कामा डिस ब्रोकको प्रयाग गरिएको छ । यस एसयुभीमा आधुनिक इलेक्ट्रिक स्टेबींलीटी प्रोग्रम (इएसपी ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबियस, इबीडी तथा इबीए (एमेर्जेन्सी ब्रके असिस्ट÷जस्ता फिचरहरको सहायताले जस्तोसुकै परिस्थिती गाडीलाई रोक्न सक्छ ।

हिल होल्ड केन्ट्रोल, ३ सय ६० डिग्रो क्यामरा र रियर पार्किङ सेन्सर आई–अटो उपलब्ध रहेको छ । यसमा जडान भएको अलार्म सिस्टम तथा इमाबीलाइजरले यो गाडी चोरी हुने समस्याको काम गर्छ । ग्लोरी आई–स्मार्ट एसयूभीमा स्पोर्टी कन्सोल, भोहिकल रनिङ रेकर्ड सिस्टम, क्रुज कन्ट्रोल, अटो एसी क्याइमेट केन्ट्रोल, ९ इन्चको फ्लोटिङ एचडी इन्फोटेन्मेन्ट सिस्टम जस्ता फिचरले चालकले ड्राइभिङ प्लेजर पाउने छन् ।

यस एसयुभीमा प्रिमियम इन्टेरियर डिजाइनको प्रयोग गरिएको छ । ड्यासबोर्डमा सफ्ट टच मेटेरियल, उड एक्सेन्ड मेटेरियल, लेदर सिट कभर पाउन सकिन्छ । सिक्सवे एट्जस्टेब ड्राइभर सिट कन्ट्रोल तथा सात सिटसम्म प्रयोग गर्न सकिने सिट अरेन्जेमेन्टले पारिवरिक गाडिको रुपमा यसको प्रयोगलाई उत्कृष्ट बनाएको छ ।

ग्लोरी आई–स्मार्टमा १.५ लिटर टर्बो चार्जड पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १ सय ५० पीएस पावर तथा २ सय २० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा नेपाल आउने छ । यसको मुल्य ८९.५० लाख रुपैयाँ रहेको छ ।

डिएफएसकेको बारेमा

डिएफएसके चाइनाको प्रख्यात मोटर कम्पनी डोङफेङ मोटर्स ग्रुप अन्तर्गत सन् २००३ मा स्थापना भएको कम्पनी हो । ग्लोबल फुर्चून ५ सय कम्पनीको ८० औ श्रेणीमा पर्न सफल यो कम्पनीले विश्वका ७० भन्दा बढि देशहरुमा आफ्नो गाडी विक्री गर्दै आइरहेको छ ।

डोङफेङ मोटर्सले चाइनामा प्यूजो, होन्डा, निसान, किया, रेनो तथा सिट्रोन गाडी संयूक्त लगानीमा उत्पादन तथा विक्रि वितरण समेत गर्दै आईरहेको छ । डिएफएसके मोटर कम्पनीको चाइना, अमेरिकका, जर्मन, जापान तथा इन्डोनेसियामा आरएण्डडी सेन्टरहरु रहेको छ ।

डिएफएसकेका गाडीहरु यूरो ३, यूरो ४, यूरो ५, यूरो ६ तथा डब्लुभीटीए सर्टिफइड भएका छन् । नेपाल आउने ग्लोरी आई–स्मार्ट यूरो ४ मापदण्डको रहेको छ । डिएफएसके मोटर इन्डोनेसियामा उत्पादन भई नेपाल आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.