राष्ट्रिय खाद्य बैंकले २३ जिल्लामा अन्न उत्पादनको तयारी थाल्यो, लगानी गर्न ८ बैंककाे चासाे

  २०७७ चैत ७ गते १८:२८     विकासन्युज

काठमाडौं । राष्ट्रिय खाद्य बैँकले पहिलो चरणमा २३ वटा जिल्लामा अन्न उत्पादनको तयारी गरेको छ । बैंकका अध्यक्ष शंकर उप्रेतीले पहिलो चरणमा २३ वटा जिल्लामा अन्न उतपादन गर्ने प्रक्रिया अगाडि बढाएको बताउका हुन् । शनिबार पत्रकार सम्मेलनको आयोना गरेर उनले यस्तो बताएका हुन् ।

‘असल माटो भए मात्र असल उत्पादन गर्न सकिन्छ, राष्ट्रिय खाद्य बैँकले २३ वटा जिल्लामा अन्न उत्पादन गर्न लागेको छ, विस्तारै अन्य तरकारी र फलफुलहरु उत्पादन गर्दै जाने छौं,’ उनले भने ।

काठमाडौको नँया बानेश्वरमा केन्द्रिय कार्यालय भएको बैँकले सबै प्रदेशमा प्रादेशिक कार्यालय र ७७ वटै जिल्लामा जिल्ला कार्यालय र विस्तारै आवश्यकता अनुसार विभिन्न पालिका तथा वडाहरुमा समेत जान लागेको उप्रेतीले जानकारी गराए । उप्रेतीले बँैकको सार्थकता र औचित्यको बारेमा जानकारी गराँउदै बैँकले कृषि, पशु, जडिबुटी लगायतका हरेक उत्पादनसँग सम्बन्धित उत्पादन र अनुसन्धान अन्तर्गतका कार्यहरु समेत गरिँँदै जाने प्रस्ट्याए ।

यस्तै उनले खाद्य बैंकमा ८ वटा बैंकले लगानीकाे चासाे देखाएकाे पनि बताएका छन् । ६ वटा कमर्शियल बैंक र दुई वटा विकास बैंकले पोजेक्टकाे माग गरेकाे उनकाे भनाइ छ । उनका अनुसार नबिल, एनआईसी एशिया, एनएमबी, सनराइज, ,मेगा,  प्राइम र गरिमा र सांग्रिला बैंकले प्रोजेक्ट माग गरेका छन् ।

पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नारा सहित स्थापना भएको राष्ट्रिय खाद्य बैँक लिमिटेडले बिग्रेको माटोलाई सपार्दै जैविक खेती पद्धतीबाट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

किसान र उपभोक्तालाई समेत जैविक खेतीको बारेमा प्रयाप्त जानकारी र विकल्प समेत दिएर अगाडी बढ्ने उप्रेतीको भनाई छ । बैँकले उत्पादनको बाली पात्रो बनाएर बैँक अगाडि बढ्ने कुरा आँल्याउदै उप्रेतीले विभिन्न क्षेत्रका विज्ञहरुको समुह बैँकमा भएको र विभिन्न बालीहरुका जातका बिउहरु समेत उत्पादन गरीने बताए ।

यस्तै, कार्यक्रममा बोल्दै बैँकका सल्लाहकार तथा वरिष्ठ धान बाली विज्ञ भोलामानसिँह बस्न्यातले धानको उत्पादनले प्रतक्ष रुपमा देशको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा असर पार्ने र धानको उत्पादन बढाँउन सके जिडिपी मा नै वृद्धि हुने कुरा राखे, नेपालका सिँचाईको सुविधा भएका विभिन्न तराई, भित्री मधेश तथा पहाडी क्षेत्रमा चैते धानको प्रवद्र्धन गर्नुपर्ने बताए ।

धान फुल फुलेपछिको समयमा सुर्यको प्रकाश जति बढी भयो त्यति नै धानको उत्पादन बढ्ने हुँदा चैते धानको खेतीको भु–भाग बढाउनुपर्ने र किसानलाई चैते धानमा खेती गर्न प्रेरित गर्नुपर्ने उनको भनाई छ ।

‘नेपालले आज भन्दा ३ दशक अघिसम्म पनि चामल निर्यात गर्ने देशमा पर्दथ्यो, तर आज करिव मासिक रुपमा साढे २ अर्बको चामल आयात गर्नुपरेको तितो यथार्थ छ, धानको उत्पादन बढाउन बिऊको गुणस्तरदेखखि प्राविधिक कुराहरुले पनि असर पार्छ, विज्ञहरुसँग तालिम लिएर खेती गर्दा पक्कै पनि उत्पादन बढाउन सकिन्छ,’ उनले भने ।

बैँकका सल्लाहकार तथा कृषि विज्ञ प्रा.डा. टंक प्रसाद पोखरेलले हामीहरु विषाक्त खानपानको एकदमै रोगी भएको र यसलाई बैँकले घटाँउर्दै लानुपर्नेमा जोड दिए । कृषक र उपभोक्ताहरु सबैले स्वस्थ खानपान सहितको जिवनयापन गरे मात्र हामी स्वस्थ बन्न सकिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.