निफ्रालाई नेप्सेको प्रश्नः लन्डन स्टक एक्स्चेञ्जमा सूचीकृत हुने विषय के हो ?

  २०७७ चैत ४ गते १२:४२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले नेपाल इन्फ्राष्ट्रचर बैंक(निफ्रा) लाई लन्डन स्टक एक्स्चेञ्जमा सूचीकृत हुने विषय के हो भन्दै प्रश्न गरेको छ । निफ्राले ३० मिलियन डलरको बण्ड ल्याउने र लन्ड स्टक एक्सचेञ्जमा सूचीकृत हुने भन्ने समाचार आएसँगै यसको सत्य तथ्य के हो भन्दै नेप्सेले  कम्पनीसँग स्पष्टिकरण माग गरेकाे हाे ।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले गत चैत १ गते चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए ।

“चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौं ।”, चैत १ गते पत्रकारसँगकाे भेटघाटमा सीईओ खतिवडाले बताएका हुन् ।

यससम्बन्धमा ध्यानाकर्षण गर्दै नेप्सेले चैत ४ गते एक पत्र जारी गरी यसकाे जवाफसहित तीन दिनभित्र स्पष्टिकरण दिन निफ्रालाई आग्रह गरेको हो । यसका साथै, नेप्सेले कम्पनीलाई लाभांश वितरण गर्ने लगायत विभिन्न विषयकाे सत्य तथ्य के हाे भन्दै स्पष्टिकरण माग गरेकाे छ ।

‘चालु आर्थिक वर्ष भित्रमानै ८.५ प्रतिशतको ब्याज तोकी त्यस कम्पनीले बण्ड जारी गर्ने र सो लन्डन स्टक एक्स्चेञ्जमा सूचीकृत हुने भन्ने समाचार कतिको सत्य हो ? निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा के कस्तो छलफल भएको हो ? त्यस कम्पनीले बैंक तथा वित्तीय संस्थाका लागि पनि बण्ड जारी गर्ने हो या होइन ? इन्स्योरेन्स कम्पनीले खरिद गर्ने भनिएको इन्स्योरेन्स बण्डका सम्बन्धमा के कति मात्रामा कस्तो छलफल गरिएको हो ? कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने भन्ने सम्बन्धित निकायमा आउँदै नआएको किन प्रचार गरिएको हो ?’, यससम्बन्धमा निफ्राले तीन दिन भित्रै नेप्सेमा जानकारी गराउनु पर्ने छ ।

सम्बन्धित समाचार

निफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्ने

One comment on "निफ्रालाई नेप्सेको प्रश्नः लन्डन स्टक एक्स्चेञ्जमा सूचीकृत हुने विषय के हो ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.