भाग्यमानी ३७ हजार ५०० जनाले मात्रै पाए महिला लघुवित्तको सेयर

  २०७७ फागुन १४ गते १०:२७     विकासन्युज

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओ बाँडफाँड आज(फागुन १४ गते) सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको केन्द्रिय कार्यालय हात्तिसारमा सम्पन्न भएको हो ।

मर्चेन्टका अनुसार आईपीओमा आवेदन दिने आवेदकमध्ये ३७ हजार ५०० जनाले संस्थाको सेयर हात पारेका छन् भने बाँकीको हात खाली भएको छ ।

उक्त आईपीओमा १५ लाख ४० हजार ३५ जनाले कूल २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाले दिएको कूल २ करोड ३६ लाख ९२ हजार ६३० कित्ता सेयरको लागि दिएको आवेदन योग्य भएको छ । भने बाँकी ३ हजार ३५३ जनाले माग गरेको कूल ५४ हजार ९६० कित्ता आवेदन भने रद्ध भएको क्यापिटलले जनाएको छ ।

रितपूर्वक आवेदन दिएकामध्ये ३७ हजार ५०० जनाले १० कित्ताको दरले सेयर हात पारेका छन् । उनीहरुलाई १०/१० कित्ताको दरले ३ लाख ७५ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । त्यस्तै, बाँकी १४ लाख ९९ हजार १८२ जना आवेदकले भने लघुवित्तको सेयर हात पार्न सकेनन् ।

संस्थाले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म कूल ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे  थियाे । जसमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वधारणलाई निष्काशन गरेकाे हाे ।

यससँगै ६ करोड रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ बाँडफाँड पश्चात १० करोड रुपैयाँ पुग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.