सबै आवेदकले माग गरेजति पाए सानिमा लार्ज क्याप फण्डको इकाई

  २०७७ माघ २३ गते १६:४६     विकासन्युज

काठमाडौं । सानिमा लार्ज क्याप फण्डको ईकाई शुक्रबार बाँडफाँड भएको छ । गत माघ ९ गतेदेखि १५ गतेसम्म निष्काशन गरिएको उक्त फण्ड आज(माघ २३ गते) शुक्रबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

उक्त फण्डमा रितपूर्वक आवेदन दिने सबै आवेदकले आफुले माग गरेजति इकाईहरु पाएका छन् । क्यापिटलका अनुसार १० करोड ६ लाख ११ हजार ६० इकाईहरु रितपुर्वक आवेदन दिने आवेदलाई माग गरे बमोजिम बाँडफाँड गरिएको छ ।

१० रुपैयाँ अंकित दरको १२ करोड इकाईहरु मध्ये बीज पुँजीको रुपमा १६.१६ प्रतिशत अर्थात १ करोड ९३ लाख इकाई कोष प्रवद्र्घक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई बाँडफाँड गरिएको छ । र, बाँकी रहेको १० करोड ६ लाख ११ हजार ६० इकाईहरु रितपुर्वक आवेदन दिने आवेदलाई माग गरे बमोजिम बाँडफाँड गरिएको छ ।

फण्डको प्रतिइकाई मूल्य १० रुपैयाँ अंकित दरको १० करोड इकाईहरु निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमा निष्काशन अवधी भित्र माग गरेभन्दा अधिक इकाई खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.