कोरोना बीमाको दावी भुक्तानी डेढ महिना भित्रै हुन्छ: बीमा समिति

  २०७७ माघ २३ गते १५:४२     विकासन्युज

काठमाडाैं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमाको दाबी भुक्तानी अब डेढ महिनामै भइसक्ने बताएका छन् ।

कार्यकारी निर्देशक पौडेलले समितिका नवनियुक्त अधयक्ष सुर्य प्रसाद सिलवालको पदभार तथा स्वागत कार्यक्रममा आफ्ना धारणा राख्दै कोरोना बीमाको दाबी भुक्तानी फाष्ट ट्रयाकमा भइरहेकोले अब डेढ महिनामै यसको फच्र्यौट भइसक्ने बताए ।

‘अहिले कोरोना बीमाको दाबी भुक्तानी फास्ट ट्रयाकमा भइरहेको छ, अबको डेढ महिनामै कोरोना बिमाको दाबी भुक्तानी फच्र्यौट भइसक्छ,’ उनले भने ।

यस्तै, उनले उनले बिमा ऐन संशोधनमा आवश्यकताअनुसार थप गर्दै जाने पनि बताएका छन् । अहिले ऐन संशोधनका लागि संसदमा भएकोले चाडै नै त्यो संशोधन भएर आउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.