आमहड्तालको निरीक्षण गर्न यसरी निस्किए अध्यक्ष नेपाल

  २०७७ माघ २२ गते ११:३९     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपाल आमहड्तालको निरीक्षण गर्न निस्किएका छन् । प्रचण्ड-नेपाल समूहले आज गरिरहेको आमहड्तालको निरीक्षण गर्न उनी कोटेश्वरबाट स्कुटरमा निस्किएका हुन् ।

उक्त समूहले संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा आज बिहीबार आमहड्तालको आयोजना गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएकी थिइन् ।

पुस ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संबैधानिक निकायका रिक्त पदाधिकारी नियुक्तिको लागि सिफारिस गरेको थियो । त्यसकाे लगत्तै माघ ५ गते प्रतिनिधिसभा विघटन भएपछि संवैधानिक व्यवस्था अनुसार परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुको संसदीय सनुवाई हुन सकेको थिएन । संसदीय सुनुवाई बिना नै सबै पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.