२०३८ सालदेखि जागिर छोड्न चाहेको तर अझै पाएको छैन

<p>मलाई रिटायरमेन्टको बारेमा सोधिरहनु भएको छ, बेलाबेलामा अरूले पनि याे विषयमा कुरा गर्छन् । मैले जागिर छोड्न खोजेको २०३८ सालदेखि हो । मैले जागिर छोड्न खोज्दा साथीभाइहरुले ‘तिमीलाई पुग्यो होला अनि छोड्न खोज्यौ’ भन्छन् । यसो भन्नेहरुलाई मैले यो पनि ठिकै हो भन्ने गरेको छु । तर, त्यसो भन्नेहरुलाई मैले भन्ने गरेको छु कि एउटा [&hellip;]</p>

मलाई रिटायरमेन्टको बारेमा सोधिरहनु भएको छ, बेलाबेलामा अरूले पनि याे विषयमा कुरा गर्छन् । मैले जागिर छोड्न खोजेको २०३८ सालदेखि हो । मैले जागिर छोड्न खोज्दा साथीभाइहरुले ‘तिमीलाई पुग्यो होला अनि छोड्न खोज्यौ’ भन्छन् ।

यसो भन्नेहरुलाई मैले यो पनि ठिकै हो भन्ने गरेको छु । तर, त्यसो भन्नेहरुलाई मैले भन्ने गरेको छु कि एउटा कुरा याद गरौं, भगवानको अनुकम्पाले मैले जागिर खाएको ठाउँबाट जति तलब पाएँ, त्यो रकम तिम्रो कमाई जति छ कि छैन होला ? पक्कै पनि छ । विगतदेखि मैले जुन जुन कम्पनीको जे जस्तो स्थानमा रहेर काम गर्दाको मेरो कमाईं हेरौं । तर, मेरो आफ्नै नयाँ घर छैन । आफ्नो गाडी छैन । मेरा छोराछोरी बेलायत र अमेरिका बसेर पढेका छैनन् । तपाईंको जस्तो अमेरिकामा बसेर छोराछोरी पढेका छैनन् । मसँग त अहिले पनि गाडी छैन । तपाईंको जस्तो बंगला मसँग छैन भन्ने गरेको छु ।

भगवानको के लिला हो, २०३८ सालदेखि जागिर छोड्छु भन्दा भन्दा अहिलेसम्म छोड्न पाएको छैन ।

अर्काे कुरा, हामीले उमेरको बारेमा किन ‘कन्सर्न’ राख्ने ? किन यति वर्ष, उति वर्षको बारेमा कुरा गर्ने ? मेरो सोचाईं के हो भने हामी जे काम गरौं, त्यसमा ‘इन्जोय’ गरौं । मलाई यहाँ पनि गाली गर्छन् । ‘त्यो कुनामा बसेर काम गर्न थालेपछि न ततो भन्छ, न चिसो भन्छ, न खाजा ल्याऊ भन्छ, न यति बेला भयो भन्छ’ भन्छन् । म भोक, तिर्खा वा समय गएकै पत्तै पाउदिनँ । काममा इन्जोय गर्छु ।

अब उमेरको कुरा किन आयो ? मेरो उमेरका कारण के कुरामा कति असर भयो ? फिजिकल्ली म स्वस्थ छु, काम गर्न सक्छु भने किन चिन्ता गर्नु पर्यो ? विरामी भयो, रोग लाग्यो, काम गर्न सकेन भने बेग्लै कुरा भयो ।

अर्काे कुरा मनमा आउँछ । कति काम गरिरहने भन्ने पनि लाग्छ । अरुको मनमा पनि कति काम गरिरहेको भन्ने लाग्छ होला । मैले पनि काम छोड्न कति खोजें, मिलेको छैन । केही समयअघि राष्ट्र बैंकले उमेर हदको सर्कुलर जारी गरेको थियो । त्यो सर्कुलर आएपछि म धेरै खुसी भएको थिएँ, बढारेर मिल्काउनु पर्ने, हावाले उडाएर लग्यो भन्ने लागेको थियो ।

तर, पनि साथीभाइहरु सबै मिलेर यो त भएन, अन्याय भयो, यस्तो कसरी हुन्छ भन्न थाले । अब जागिर खानको लागि म मुद्दा हाल्न जाने ? म त यस्तो गर्दिनँ भनेर उनीहरुलाई भनेँ । मेरो जीवनमा मैले जति ठाउँबाट आएँ, ती सबै ठाउँमा जागिर छोडेर मात्रै आएको छु । बैंकहरुमा, धानचामल कम्पनीमा, एफएमओ वा अन्य जुन ठाउँमा पनि जागिर गरेँ, सबैतिर छोडेर आएको छु ।

तर, साथीहरुले मान्दै मानेनन् । हुँदैन भने । अनि मैले हेर्दै नहेरी ल त भनेर सही गर्दिएँ । अदालतले मेरो पक्षमा फैसला गरिदियो । मेरो काम फेरि लम्बियो । अहिले त मान्छेको औसत आयु पनि बढेको छ । बाजे बराजुको पालामा हो भने म अहिले जति वर्षको भएँ, त्यो उमेरसम्म काम गर्ने भन्ने कुरा त कल्पनै गर्न सकिदैनथ्यो । तर, भगवानको कृपाले अहिले म मजाले काम गरिरहेको छु ।

त्यसैले यो उमेर भन्ने कुरालाई बढी प्राथमिकता नदिऊँ । जे काममा आफू अभ्यस्त भइएको छ, त्यो काममा इन्जोय गरेर लागिरहौं । उमेरले के गर्छ र ? थाकिन्छ र ?

मलाई घरमा पनि गाली गर्छन् । भन्छन्– अफिसमा गएर १२/१४ घण्टा काम गरेपछि अहिले पनि घरमा काम गर्न फेरि ठेलीका ठेली लिएर आउँछ । काम नसकिएपछि के गर्नु त ? बैंकको काम आज गर्नु र भोलि गर्नुमा फरक हुन्छ । हेर्नु र नहेर्नुमा फरक हुन्छ, बैंकलाई अफ्ठेरो पर्न सक्छ । त्यसैले अफिसमा नभ्याएको काम घरमा गएर पनि गर्नैपर्छ ।

म बिहान पौने चार, ४ बजेतिर उठ्छु । तीन घण्टाजति मेडिटेसन गर्छु । १० बजेसम्ममा बैंकमा आइपुग्छु र बेलुका ८ बजेसम्ममा घर पुगिसक्छु । दिनमा १०–१२ घण्टा त काम गरिन्छ ।

म २०२५ सालमा बैंकमा प्रवेश गरेको थिएँ । अझै पनि काम गरिरहेको छु । बैंकिङ क्षेत्रको विकासक्रमका बारेमा कुरा उठ्छ । म त मान्छेको जीवनको विकासक्रम पनि हेरौं भन्छु । मेरो भनाईं के छ भने विश्व तिम्रालागि परिवर्तन हुँदैन, तिमीले आफूलाई परिवर्तन गर्ने हो ।

(प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत मानन्धरसँग गरिएको कुराकानीमा आधारित)

Share News