६ महिनामै अर्बमा कमाउने सुचिबाट बाहिरियो स्ट्याण्डर्ड चार्टर्ड, कुन हटे, कुन थपिए ‘विलिनियर्स क्लब’मा ?

<p>काठमाडौं । एक आर्थिक वर्षको ६ महिनामै अर्बभन्दा बढी नाफा कमाउने वाणिज्य बैंकहरुको सुचिबाट स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल वाहिरिएको छ । गत आर्थिक वर्षको ६ महिनामा अर्बभन्दा बढी नाफा गरेको चार्टर्ड बैंक चालु आर्थिक वर्षको ६ महिनामा भने करोडको अंकमा झरेको छ । एक आर्थिक वर्षको ६ महिनामै ‘विलिनियर्स क्लब’मा प्रवेश गर्न प्रतिस्पर्धा गर्ने बैंकहरुको [&hellip;]</p>

काठमाडौं । एक आर्थिक वर्षको ६ महिनामै अर्बभन्दा बढी नाफा कमाउने वाणिज्य बैंकहरुको सुचिबाट स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल वाहिरिएको छ । गत आर्थिक वर्षको ६ महिनामा अर्बभन्दा बढी नाफा गरेको चार्टर्ड बैंक चालु आर्थिक वर्षको ६ महिनामा भने करोडको अंकमा झरेको छ ।

एक आर्थिक वर्षको ६ महिनामै ‘विलिनियर्स क्लब’मा प्रवेश गर्न प्रतिस्पर्धा गर्ने बैंकहरुको सुचि फेरिएको छ । चार्टर्डले गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो भने यो वर्षको ६ महिनामा उसको नाफा ७२ करोड ७६ लाख रुपैयाँमा सिमित भएको छ । चार्टर्डको नाफा गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष ४०.६ प्रतिशतले घटेको छ ।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा सबैभन्दा धेरै नाफा घटाउनेको पहिलो सुचिमा परेको हिमालयन बैंक पनि विलिनियर्स क्लबबाट बाहिरिएको छ । गत वर्षको ६ महिनामा १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ नाफा गरेको हिमालयनको यो वर्षको सोही अवधिमा भने ६५ करोड ३२ लाख रुपैयाँ मात्रै नाफा छ । गत वर्षको ६ महिनाको तुलनामा हिमालयन बैंकको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ६२.५ प्रतिशतले घटेको छ ।

गत वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ४८.५ प्रतिशतले नाफा गुमाएको नेपाल एसबीआई बैंक पनि विलिनियर्स क्लबबाट बाहिरिएको छ । एसबीआई बैंकले गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ७ लाख रुपैयाँ नाफा गरेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा भने ५१ करोड ४८ लाख रुपैयाँ नाफा गरेको छ ।

अर्काे वाणिज्य बैंक सिद्धार्थ बैंक पनि यो वर्षको ६ महिनासम्मको नाफाको आधारमा विलिनियर्स क्लबबाट बाहिरिएको छ । गत वर्षको ६ महिनामा १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा गरेको सिद्धार्थले चालु आर्थिक वर्षको सोही अवधिमा ९१ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । सिद्धार्थको नाफा गत वर्षको ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा १० प्रतिशतले घटेको छ ।

मेगा र कुमारी विलिनियर्स क्लबमा

दुईटा वाणिज्य बैंकहरु मेगा र कुमारी बैंक विलिनियर्स क्लबमा प्रवेश गरेका छन् । गत वर्षको ६ महिनामा करोडमा नाफा गरेका यी दुबै बैंक यो वर्षको पहिलो ६ महिनामा विलिनियर्स क्लबमा प्रवेश गरेका हुन् ।

मेगा बैंकले यो वर्षको ६ महिनामा १ अर्ब ३० करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा मेगाको नाफा ९५ करोड २ लाख रुपैयाँ थियो । मेगाले गत वर्षको तुलनामा यो वर्ष आफ्नो नाफा ३७.२ प्रतिशतले बढाएको छ ।

कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कुमारीको नाफा ८० करोड ३० लाख रुपैयाँ थियो । कुमारीले गत वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ५१.४ प्रतिशतले नाफा बढाएको छ ।

नाफा बढाउने बैंकहरु

यो वर्षको ६ महिनामा अधिकांश बैंकहरुको नाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको छ । बैंकहरुले प्रकाशित गरेका चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार केही बैंकको भने नाफा बढेको छ ।

ग्लोबल आइएमई बैंकको नाफा गत वर्षको तुलनामा ३७.३ प्रतिशतले बढेको छ । गत वर्षको ६ महिनामा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ नाफा गरेको ग्लोबल आइएमईले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ ।

एनआईसी एसिया बैंकले नाफा २.१ प्रतिशतले बढाएको छ । गत वर्षको ६ महिनामा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा गरेको एनआइसी एसियाले यो वर्षको सोही अवधिमा २ अर्ब ६ करोड ५ लाख रुपैयाँ नाफा गरेको छ ।

प्राइम कमर्सियल बैंकको नाफा ३९.४ प्रतिशतले बढेको छ । गत वर्षको ६ महिनामा १ अर्ब ३० करोड ७ लाख रुपैयाँ नाफा गरेको प्राइमले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ नाफा गरेको छ ।

एनएमबी बैंकले नाफा ४७.६ प्रतिशतले बढाएको छ । गत वर्षको ६ महिनामा १ अर्ब ९ करोड २७ लाख रुपैयाँ नाफा गरेको एनएमबीले यो वर्षको सोही अवधिमा १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ नाफा गरेको छ ।

प्रभु बैंकले नाफा ३९.८ प्रतिशतले बढाएको छ । गत वर्षको ६ महिनामा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको प्रभु बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ नाफा गरेको छ ।

नेपाल बंगलादेश (एनबी) बैंकको नाफा १६.५ प्रतिशतले बढेको छ । गत वर्षको ६ महिनामा ८० करोड ७७ लाख रुपैयाँ नाफा गरेको एनबीले यो वर्षको सोही अवधिमा ९४ करोड १२ लाख रुपैयाँ नाफा गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले नाफा २७.२ प्रतिशतले बढाएको छ । गत वर्षको ६ महिनामा ६८ करोड ७७ लाख रुपैयाँ नाफा गरेको सिटिजन्सले यो वर्षको सोही अवधिमा ८७ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ ।

सनराइज बैंकको नाफा पनि करिब स्थीर छ । गत वर्षको ६ महिनामा ९४ करोड ४३ लाख रुपैयाँ नाफा गरेको सनराइजले यो वर्षको सोही अवधिमा ९४ करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ ।

नाफा घटेका बैंकहरु

राष्ट्रिय वाणिज्य बैंकको नाफा गत वर्षको तुलनामा २० प्रतिशतले घटेर १ अर्ब ७४ करोड ८८ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्षको ६ महिनामा उसले २ अर्ब २० करोड ९ लाख रुपैयाँ नाफा गरेको थियो ।

नबिल बैंकको नाफा भने करिब स्थीर छ । गत वर्षको ६ महिनामा २ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको नबिलले यो वर्षको सोही अवधिमा १.२ प्रतिशतले घटाएर २ अर्ब १ करोड ६० लाख रुपैयाँ गरेको छ ।

कृषि विकास बैंकको नाफा १६.४ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनामा १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा गरेको कृषि विकास बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४.७ प्रतिशतले कम भएको छ । गत वर्षको ६ महिनामा १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको इन्भेष्टमेन्ट बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ ।

नेपाल बैंकको नाफा करिब स्थीर छ । गत वर्षको ६ महिनामा १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा गरेको नेपाल बैंकले यो वर्षको सोही अवधिमा पनि १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ नाफा गरेको छ ।

सानिमा बैंकको नाफा ७.३ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनामा १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ नाफा गरेको सानिमाले यो वर्षको सोही अवधिमा १ अर्ब ६ करोड २७ लाख रुपैयाँ नाफा गरेको छ ।

माछापुच्छ्रे बैंकको नाफा २.३ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनामा ८२ करोड १८ लाख रुपैयाँ नाफा गरेको माछापुच्छ्रेले यो वर्षको सोही अवधिमा ८० करोड २७ लाख रुपैयाँ नाफा गरेको छ ।

बैंक अफ काठमाण्डु (बिओके) को नाफा १९.८ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनामा ८८ करोड ३८ लाख रुपैयाँ नाफा गरेको बिओकेको नाफा यो वर्षको सोही अवधिमा ७० करोड ८५ लाख रुपैयाँ छ ।

लक्ष्मी बैंकको नाफा १०.६ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनामा ९० करोड ३० लाख रुपैयाँ नाफा गरेको लक्ष्मीले यो वर्षको सोही अवधिमा ८० करोड ७१ लाख रुपैयाँ नाफा गरेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकको नाफा १८.८ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनामा ७५ करोड ६३ लाख रुपैयाँ नाफा गरेको एनसीसीले यो वर्षको सोही अवधिमा ६१ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ ।

सेन्चुरी बैंकको नाफा २८.२ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनामा ६५ करोड २ लाख रुपैयाँ नाफा गरेको सेन्चुरीले यो वर्षको सोही अवधिमा ४६ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ ।

सिभिल बैंकको नाफा ३५.८ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनामा ३१ करोड ६२ लाख रुपैयाँ नाफा गरेको सिभिलले यो वर्षको सोही अवधिमा २० करोड २८ लाख रुपैयाँ नाफा गरेको छ ।

Share News