नेपालमा पनि देखियाे नयाँ प्रजातिकाे काेराेना भाइरस

  २०७७ माघ ५ गते १४:०२     विकासन्युज

काठमाडाैं । नेपालमा पनि नयाँ प्रजातिकाे काेराेना भाइरस देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । बेलायतबाट आएका तीन नेपालीमा नयाँ प्रजातीकाे काेराेना भाइरस देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।

साेमबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले उक्त नयाँ भाइरस बेलायतमा देखिएकाे नयाँ भेरियन्ट भएकाे पुष्टि भएकाे जनाएकाे छ । मन्त्रालयले यस राेगकाे भ्याक्सिन नआउन्जेलसम्म सबै प्रकारकाे स्वास्थ्य मापदण्ड पालन गर्न समेत आग्रह गरेकाे छ ।

बेलायतमा यस नयाँ प्रजातिकाे भाइरस निकै उच्च मात्रामा फैलिएकाे कारण केही समययता लकडाउन गरिएकाे छ ।

संक्रमण पुष्टि भएकाहरू केही दिनअघि बेलायतबाट नेपाल आएका ६७ र ३२ वर्षीय पुरुष छन् भने एक जना २८ वर्षीया महिला हुन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नमुना परीक्षणमा संक्रमण पाइएका २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको आरटी(पीसीआर नेगेटिभ भइसकेको छ भने ६७ वर्षीय पुरुषमा कुनै बाहिरी लक्षण देखिएको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.