इतिहासकै ठूलो आईपीओ खुला, कति दिने आवेदन ?

  २०७७ माघ २ गते ७:५८     विकासन्युज

काठमाडौं । नेपालको इतिहासकै ठूलो आईपीओ आज (माघ २ गते) देखि भर्न पाइने छ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडले आजदेखि कूल ८ अर्ब रुपैयाँ रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

यससँगै इच्छुक आवेदकले आज बिहान १० बजेपछि सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँदरको ८ करोड कित्ता सेयर निष्काशन गर्ने छ । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने छ । यससँगै इच्छुक सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिन पाउने छन् ।

नेपाल धितोपत्र बोर्डले गत पुस १० गते मात्रै बैंकलाई सो मात्राको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो ।

सबैभन्दा ठूलो आकारको आईपीओ भएकाले यो कम्पनीमा लगानी गर्ने सबैले बैंकको सेयर हात पार्ने अधिक सम्भावना रहेको छ । पछिल्लाे कम्पनीकाे आईपीओ आवेदन हेर्दा याे कम्पनीकाे सेयरमा १३ लाख बढीले आवेदन दिने देखिन्छ । आईपीओमा धेरै आवेदन पर्दा पनि प्रतिआवेदक ५० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको एक अध्ययनले बताएको छ । त्यसैले, यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम ५० कित्तादेखि ८० कित्तासम्मका लागि आवेदन दिँदा उचित हुने बुझिन्छ ।

सेयर निष्काशन गर्न इक्रा नेपालले मोडेरेट क्रेडिट रिक्स जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी ग्रेडिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा लिइन्छ ।

सम्बन्धित समाचार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैले पाउँछन्- बिक्री प्रबन्धक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.