ग्लोबल आईएमई लघुवित्तको २८.९२ प्रतिशत लाभांश पारित, स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने

  २०७७ पुष २९ गते १६:५८     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको २८.९२ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न कम्पनीको आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

सभाले सेयरधनीलाई २७.४७ बोनस सेयर र कर प्रयोजनका लागी १.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, सभाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त सेयरको वितरण तथा स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ती पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४३ करोड रुपैयाँभन्दा बढी पुग्ने छ ।

त्यस्तै, संस्थाले ९५ वटा शाखा मार्फत १ लाख १५ हजार ग्राहक सदस्यमा सेवा पुग्ने छ वित्तीय संस्थाका नि. प्रमुख कार्यकारी अधिकृतले बताए ।
उक्त साधारण सभामा वित्तीय संस्थाका अध्यक्ष वुद्धि अकेला आठौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए भने सभा कम्पनी सचिव हरिकृष्ण जोशीले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.