नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा खतिवडा नियुक्त, काे हुन् उनी ?

  २०७७ पुष २९ गते १४:०८     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा नियुक्त भएका छन् ।

उनी आज सो बैंकको सीईओमा नियुक्त भएको बताइएको हो । निवर्तमान सीईओ अनिल ज्ञवालीको २ वर्षे समयावधि सकिएसँगै उनलाई बैंकको सीईओमा ल्याइएको हो ।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले खतिवडालाई सीईओमा नियुक्त गरेको हो । पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेका खतिवडासँग विद्युत नियमन आयोगको सदस्य र लगानी बोर्डको परामर्शदाताका रूपमा काम गरेको अनुभव पनि छ ।

उनले यसअघि एनआइबीएल एस क्यापिटलमा पनि काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.