मिर्मिरे लघुवित्तको लाभांश घट्यो, अब कति दिन्छ ?

  २०७७ पुष २९ गते १३:२८     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश दर घटेको छ । कम्पनीको गत आर्थिक वर्षको परिमार्जित वित्तीय विवरण अनुसार प्रस्तावित लाभांश घटेर ९.६८ प्रतिशतमा झरेको छ ।

कार्तिक २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश वितरण दिने प्रस्ताव गरेको थियो । तर उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले परिमार्जन गरेको हो ।

यससँगै अब कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात हालको चुक्ता पुँजीको ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड ६१ लाख रुपैयाँ रहेको छ । ९.२० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ४३ करोड २५ लाख रुपैयाँ नाघ्ने छ ।

उक्त नयाँ लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.