नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद जारी गर्ने, पायो बाेर्डकाे अनुमति

<p>काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले हिजो अर्थात पुस २० गते मात्रै बैंकलाई हकप्रद सेयर जारी गर्नको लागि अनुुमति पाएको हो । बोर्डको अनुमति पाएसँगै बैंकले ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । बैंकले चुक्ता पुँजीको [&hellip;]</p>

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले हिजो अर्थात पुस २० गते मात्रै बैंकलाई हकप्रद सेयर जारी गर्नको लागि अनुुमति पाएको हो ।

बोर्डको अनुमति पाएसँगै बैंकले ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । बैंकले चुक्ता पुँजीको शतप्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर जारी गर्ने छ ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

Share News